गुल्मी । नेपाली कांग्रेस गुल्मीले नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका संस्थापक बीपी कोइरालाको ४२ औं स्मृति दिवस मनाएको छ । स्मृति दिवसको अवसरमा पार्टी कार्यालय बीपी स्मृति भवन तम्घासमा 'बीपीका विचार र वर्तमान सन्दर्भ' विषयक विचार गोष्ठीको आयोजना गरिएको हो ।
त्यस अवसरमा कांग्रेस लुम्बिनी प्रदेश उपसभापति भुवनप्रसाद श्रेष्ठले देशका दुई ठुला दलले गरेको सत्ता समीकरण राजनीतिक रुपमा पुष्टि गर्न जरुरी रहेको बताउनुभयो ।
उहाँले सत्ता समीकरणको गर्न नसके कांग्रेसका लागि घातकसिद्ध हुने बताउनुभयो ।
नेकपा एमाले र कांग्रेसको सत्ता समीकरणबाट बनेको सरकारले जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्ने भन्दै वर्तमान सरकारले जनताको हितमा काम गर्नुपर्ने उपसभापति श्रेष्ठले बताउनुभयो । बीपीसंग जोडिएका विभिन्न घटनाक्रमलाई स्मरण गर्नुहुँदै उहाँले इमान्दारीता, अनुशासन, त्याग र सादगीपन बीपी कोइरालाबाट सबैले अनुशरण गर्नुपर्ने बताउनुभयो । काँग्रेसभित्र भएको गुटबन्दीलाई अन्त्य गर्न जरुरी रहेको भन्दै बीपीका आर्दशलाई व्यवहारमा लागू गर्न सके उहाँप्रति सच्चा स्मृति हुने बताउनुभयो ।
कांग्रेस लुम्बिनी प्रदेशका सदस्य छन्दबहादुर पहराई र काँग्रेस लुम्बिनी प्रदेश प्रशिक्षण विभागका सदस्य गुणानिधि शर्माले बीपीको सिद्धान्त र आर्दशका विषयमा चर्चा गर्नुभयो । बीपीलाई कुशल राजनीतिक व्यवस्थापक, समाज सुधारक, साहित्यक, प्रजातान्त्रिक दर्शनका प्ररेणताका रुपमा उहाँरुले चित्रण गर्नुभयो ।
नेपाली कांग्रेस गुल्मीका उपसभापति शिव बहादुर खत्रीको सभापतित्व रहेको विचार गोष्ठीको बारेमा कांग्रेस रेसुङ्गा नगर सभापति जयश्वर पन्थीले प्रकाश पार्नुभयो ।
कांग्रेस लुम्बिनी प्रदेश सदस्य द्रोण बहादुर खत्री, मोतिलाल भण्डारी, नेपाल महिला संघ गुल्मीकी अध्यक्ष लक्ष्मी पाण्डे लगायतले आ–आफ्नो धारणा राख्नुहुँदै बीपीको फोटो पुजेर मात्रै सम्मान पूरा नहुने भन्दै व्यवहारमा लागु गर्नुपर्ने बताउनुभयो ।
विचार गोष्ठीको सहजीकरण गर्नुहुँदै कांग्रेस गुल्मीका सचिवद्वय भगतसिंह खड्का र जगदीश भट्टराईले स्थानीय तह तथा वडाहरुमा वृक्षरोपण, फलफूल वितरण, सरसफाई र अन्य सामाजिक कार्यक्रमहरु गरिएको बताउनुभयो ।
कृतज्ञतासहित शुभकामना
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच