काठमाडौं । चर्च ब्वाइज युनाइटेडले एएफसी च्यालेन्ज लिगको प्रारम्भिक चरणका लागि फरवार्ड सञ्जीव विष्टलाई अनुबन्ध गरेको छ । क्लबले सामाजिक सञ्जालमार्फत् सञ्जीवलाई अनुबन्ध गरेको जनाएको छ । अनन्त तामाङलाई कप्तानी जिम्मेवारी दिएको क्लबले यसअघि गोलकिपर दीप कार्की, फरवार्ड अञ्जन विष्ट, मिडफिल्डर एरिक विष्ट र लाकेन लिम्बू, विंगर आयुश घलान तथा रक्षक सनिश श्रेष्ठलाई अनुबन्ध गरेको थियो । यस्तै क्लबले तीन विदेशी खेलाडीलाई पनि भित्र्याउने प्रयास भइरहेको जनाएको छ ।
यसैबीच, युनाइटेडले एएफसी च्यालेन्ज लिगको प्रारम्भिक चरणका लागि गोलरक्षक टेकेन्द्र थापालाई पनि अनुबन्ध गरेको छ । क्लबले सामाजिक सञ्जालमार्फत् उहाँलाई अनुबन्ध गरेको जानकारी दिएको हो । उहाँले संकटा क्लबबाट ‘ए’ डिभिजन लिग खेल्नुभएको थियो ।
टोलीको प्रशिक्षकमा बालगोपाल महर्जन र सहायक प्रशिक्षकमा रमेश दंगाल हुनुहुन्छ । शहीद स्मारक ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाइजले दशरथ रंगशालामा भुटानको पारो एफसीको सामना गर्दैछ ।
अगस्ट १३ मा हुने यो खेलको विजेता मुख्य प्रतियोगिताका लागि छनोट हुनेछ । मुख्य प्रतियोगिताको खेल अक्टोबर २६ र नोभेम्बर २ मा ‘होम एण्ड अवे’ का आधारमा हुनेछ । प्रतियोगितामा छनोट भए चर्च ब्वाइजले न्यूनतम एक लाख अमेरिकी डलर प्राप्त गर्नेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच