
म्याग्दी । म्याग्दीबाट १४ महिनाको अवधिमा ३५ जनाले गैर-आवासीय नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् ।
२०८० सालको जेठमा संशोधन भएको नागरिकता सम्बन्धी ऐन र नागरिकता नियमावली अनुसार सरकारले यसअघि नै स्वीकृत गरेकाले गैर आवासीय नेपालीलाई नेपालको नागरिकता पाउने बाटो खुलेको थियो ।
एनआरएन नागरिकता प्राप्त व्यक्तिले राजनीतिक अधिकार बाहेक वंशजको नागरिकतामा हुने सबै अधिकार प्राप्त गर्न पाउने प्रावधान छ ।
२०८०को जेठदेखि २०८१ को साउन ३ गतेसम्म म्याग्दी स्थाई घर भई लामो समयसम्म विदेशमा रहँदै आएका ३५ जनाले गैर आवासीय नेपाली नागरिकताको प्रमाणपत्र लिएका जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ ।
“हिमाल आरोही निर्मल पुर्जालगायत ३५ जनाले जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिनुभएको छ” जिल्ला प्रशासन कार्यालय म्याग्दीका सूचना अधिकारी सहायक प्रमुख जिल्ला अधिकारी धीरेन्द्रराज पन्तले भन्नुभयो ।
सहायक प्रजिअ पन्तका अनुसार पछिल्लो समय म्याग्दीको बेनी नगरपालिका-४, बास्कुनाका लालबहादुर केसीले बिहीबार गैर-आवासीय नेपाली नागरिकता लिनुभएको छ । सन् १९९६ देखि न्युजिल्यान्डमा बसोबास गर्दै आउनुभएका उहाँले जिल्ला प्रशासन कार्यालयबाट आवश्यक प्रक्रिया पूरा गरेर नागरिकता लिनुभएको हो ।
न्युजिल्याण्डमा रहेका नेपालीमध्ये सफल व्यवसायीसमेत रहुनभएका गैर आवासीय नेपाली सङ्घ(एनआरएनए) न्युजिल्यान्डको लगातार दोस्रो कार्यकाल अध्यक्ष रहनुभएका केसीलाई प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले नेपाली नागरिकताको प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो । केसी न्युजिल्याण्डमा रहेका म्याग्देलीमध्ये एनआरएन नागरिकता लिने पहिलो व्यक्ति रहेको जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ ।
एनआरएन नागरिकताको सुविधाले अबका दिनमा विश्वभरि छरिएर रहेका गैरआवासीय नेपालीहरूबाट ठूलो मात्रामा धनसम्पत्ती नेपालमा भित्रिने अपेक्षा गरिएको छ । त्यस्तै, लगानी भित्र्याउन यो प्रावधानले उपयुक्त वातावरण बनेको अध्यक्ष केसीको भनाइ छ ।
“यो अवसरका लागि नेपाल सरकारलाई धन्यवाद दिन्छु, विदेश जानु बाध्यता भए पनि स्वदेशमै केही गरौं भन्ने नेपालीहरू यो सुविधाले खुसी छन्”, केसीले भन्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच