सिमकोट पुर्‍याइए हुम्लाका सबै मतदान केन्द्रका मतपेटिका

दाने बोहरा हुम्ला, संवाददाता
Read Time = 2 mins

हुम्ला । हुम्लाको दक्षिणी भेगमा मतदान भएको दिन आइतबारदेखि रोकिएका मतपेटिका हेलिकप्टर मार्फत आज सदरमुकाम सिमकोट ल्याइएको छ ।

बुधबार दिउँसो एक बजे सर्केगाड गाउँपालिकामा रहेका ३४ वटा मतदान केन्द्रका मतपेटिका सिमकोट ल्याइएको जिल्ला निर्वाचन कार्यालय हुम्लाका निमित्त निर्वाचन अधिकारी श्यामबहादुर रानाले बताउनुभयो ।

 

दुई दिनको पहलपछि १३६ मतपेटिका सिमकोट ल्याउन सफल भएको अधिकारीको भनाइ छ । सिमकोटमा मतपेटिका पुगेसँगै केही समयपछि सर्वदलीय बैठक बसेर मतगणनाको समय तोकिने मुख्य निर्वाचन कार्यालयले जनाएको छ । जिल्लाको सातवटै गाउँपालिकामा रहेका ५९ वटा मतदान केन्द्रको मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगिसकेको छ ।

 

यस्तै उत्तरी नाम्खा गाउँपालिका ६ लिमिमा रहेका कर्मचारी, सुरक्षाकर्मी, म्यादी प्रहरीलाई समेत हेलिकप्टरले ओसारेको छ । लिमीको न्यालमा हिउँ जमेका कारण उनीहरुलाई सदरमुकाम पुग्न समस्या भएको थियोे । यसअघि मतदानमा खटिँदा पनि उनिहरुलाई हेलिकप्टरले पुर्याएको थियो । लिमी हुम्लाको उच्च क्षेत्र पर्छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?