काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले १९०औँ शाखा ललितपुरको इमाडोलमा सञ्चालनमा ल्याएको छ । यससँगै काठमाडौं उपत्यकाभित्र बैंकका ३८ शाखा र बागमती प्रदेशमा ५२ शाखाहरू सञ्चालनमा रहेका छन् ।
नयाँ शाखा सञ्चालनका अवसरमा यस शाखामा खाता खोल्दा डेबिट कार्ड, मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङलगायतका सेवा पहिलो वर्ष निःशुल्क प्राप्त गर्न सकिने बैंकले जनाएको छ । साथै लकर सुविधा लिँदा लकर अनिवार्य मौज्दातमा दुई सय ५५ र लकर शुल्कमा पाँच सय पाँच रुपैयाँ छुट उपलब्ध रहेको छ ।
उक्त सुविधाहरू टेकु शाखामा पनि उपलब्ध रहेको बैंकले जनाएको छ । इमाडोल शाखा बैंक सञ्चालक समिति अध्यक्ष प्रबलजंग पाण्डेले उद्घाटन गर्नुभएको हो । सो अवसरमा बैंक सञ्चालक समिति सदस्य, प्रमुख कार्यकारी अधिकृत र उच्च व्यवस्थापनको पनि उपस्थिति थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच