काठमाडौं । अघिल्लो सातादेखि नै निरन्तर रूपमा बढ्दोक्रममा रहेको सेयर बजार सोमबार भने सामान्य अंक अर्थात् २.१५ अंकले बढेर २४८८.०९ बिन्दुमा पुगेको छ । आइतबार १५ अर्ब २३ करोडको कारोबार भएकोमा सोमबार दैनिक कारोबार रकम पनि एक अर्ब ३२ करोडले घटेको छ । कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये सातवटा बढेको छ भने छवटा घटेको छ । बैंकिङ सर्वाधिक १.२३ प्रतिशत घटेको छ भने उत्पादन तथा प्रशोधनमूलक सर्वाधिक २.१६ प्रतिशतले बढेको छ । व्यापार १.८६, हाइड्रोपावर १.७४ र अन्य समूह पनि १.४३ प्रतिशतले बढेको छ ।
यस दिन तीन सय नौ कम्पनीका तीन करोड ९७ लाख ५४ हजार सात सय ११ कित्ता सेयर झण्डै १४ अर्ब अर्थात् १३ अर्ब ९१ करोड ५५ लाख ३५ हजार चार सय ४१ रुपैयाँ बराबरको कारोबार भएको छ । मुक्तिनाथ कृषि कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने नेपाल फाइनान्स ८.६७, एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड-२ को इकाई मूल्य ७.९३, छ्याङ्दी हाइड्रोपावर ७.९० प्रतिशत र बलेफी हाइड्रोपावरको ६.८६ प्रतिशतले मूल्य बढेको छ ।
तर, गणपति लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै ९.९४ प्रतिशतले घटेको छ भने सिक्लेस हाइड्रोपावर ८.६६, ९ प्रतिशत एनआइसी एसिया डिबेञ्चर २०८१/८२ को ३.९४, जनउत्थान सामुदायिक लघुवित्त ३.९१ र १०.२५ प्रतिशत, सानिमा डिबेञ्चर २०८९ को ३.८९ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा हिमालयन रि इन्स्योरेन्सको सबैभन्दा धेरै ३६ करोड ९३ लाख ४८ हजार रुपैयाँ पुगेको छ भने शिवम् सिमेन्ट ३४ करोड ७९ लाख, कुमारी बैंक २८ करोड १८ लाख, सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी २५ करोड ६३ लाख र हिमालयन डिष्टिलरीको २४ करोड ९९ लाख रुपैयाँको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच