युएई । हालै अमेरिका र वेस्ट इण्डिजमा सम्पन्न टी-२० विश्वकपमा ठूलो घाटा भएपछि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले तीन सदस्यीय समिति गठन गरेको छ । आइसिसीले सोमबार टी-२० विश्वकपको व्यवस्थापन पुनरावलोकन गर्न तीन सदस्यीय समिति गठन गरेको हो ।
यो समितिमा न्युजिल्याण्डका पूर्वब्याट्सम्यान रोजर टोसे र आइसिसीका अन्य दुई निर्देशक लसन नायडु र इमरान ख्वाजा रहनुभएको छ । न्युयोर्क, फ्लोरिडा र डलासमा खेलहरू आयोजना गर्दा आइसिसीलाई दुई करोड अमेरिकी डलरभन्दा बढी घाटा भएको अनुमान गरिएको छ ।
आइसिसीले दिएको जानकारीअनुसार यो समितिले यस वर्षको अन्त्यमा बोर्डलाई रिपोर्ट बुझाउनेछ । अमेरिकामा भएका खेलहरूमा करिब १५ करोड अमेरिकी डलर बजेट छुट्याएको र बजेटमा उल्लेख्य वृद्धि भएको पाइएको छ, जसमा विश्वका केही प्रभावशाली बोर्ड सदस्यहरूले आपत्ति जनाएका छन् ।
ड्रप-इन पिचहरूको खराब स्तर, टिकट प्रणाली र लजिस्टिक समस्याहरूले आइसिसीका समस्याहरू थपेको थियो । त्यस्तै विश्वकप आयोजनाका क्रममा भएका विभिन्न टेण्डरको अवार्डमा पनि आशंका गरिएको छ । समितिले आइसिसीका केही शीर्ष अधिकारीको भूमिकाबारे पनि गहिरो अनुसन्धान गर्ने विश्वास गरिएको छ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच