काठमाडौं । नेपालमा कार्यरत अवैतनिक वाणिज्यदूतहरूको संस्था अनररी कन्सुलर कर्पस नेपाल (एचसिसिएन)को मंगलबार काठमाडौंमा सम्पन्न १७औँ वार्षिक साधारणसभा तथा चार्टर डेले एचसिसिएनको डिनमा चन्द्रप्रसाद ढकाल र भाइस डिनमा भोलाबिक्रम थापालाई चयन गरेको छ । ६२ सदस्य रहेको उक्त संस्थाले हरेक वर्ष नयाँ नेतृत्व चयन गर्दै आएको छ ।
सो अवसरमा परराष्ट्रमन्त्री आरजु राणा देउवाले एचसिसिएनले विश्वका राष्ट्रसँग कूटनीतिक सम्बन्ध विस्तार गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै आर्थिक कूटनीतिका माध्यमबाट नेपालमा लगानी अभिवृद्धि गर्न सकिने तथा त्यसका लागि देशले वैदेशिक लगानीका लागि उपयुक्त वातावरण तयार गर्नुपर्ने बताउनुभयो ।
एचसिसिएनका निवर्तमान डिन विष्णुकुमार अग्रवालले अवैतनिक वाणिज्यदूतहरूले लगानी भित्र्याउने, पर्यटन प्रवद्र्धनलगायत द्विपक्षीय सम्बन्ध विस्तारमा महत्वपूर्ण योगदान दिँदै आएको दाबी गर्नुभयो । नेपाली विद्यार्थीलाई विदेशमा अध्ययन गर्न छात्रवृत्तिदेखि विदेशी राष्ट्रबाट मानवीय तथा विकास परियोजना भित्र्याउनसमेत वाणिज्यदूतहरूले भूमिका खेलेको उहाँको जिकिर थियो ।
सन् २००७ मा स्थापना भएको संस्थाका सदस्यले विश्वका पाँच महादेशका ६२ देशलाई प्रतिनिधित्व गर्ने अग्रवालले बताउनुभयो । एचसिसिएनले जेठ दोस्रो साता लुम्बिनीमा ‘समृद्धिका लागि विश्व शान्ति’ विषयक अन्तर्राष्ट्रिय कन्क्लेभ आयोजना गरेको र उक्त कार्यक्रममा विश्वका विभिन्न देशका १९ राजदूत तथा प्रतिनिधि सहभागी भएको पनि उहाँले जानकारी गराउनुभयो ।
नवनियुक्त डिन ढकालले एचसिसिएनले आर्थिक तथा सांस्कृतिक रूपमा नेपाललाई विश्व समुदायसँग जोड्दै आएको भन्दै परराष्ट्र मन्त्रालयसँगको सहकार्यमा आर्थिक कूटनीतिमार्फत् नयाँ अवसरलाई आत्मसात गर्न एचसिसिएन सधँै तयार रहेको बताउनुभयो । सो अवसरमा परराष्ट्रमन्त्री राणाले एचसिसिएनको आधिकारिक वेबसाइट उद्घाटन गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच