एजेन्सी । क्यानाडा ओलम्पिक कमिटीले ड्रोन जासुसी प्रकरणमा मुछिएकी महिला फुटबल टोलीकी मुख्य प्रशिक्षक बेभ प्रिस्टम्यानलाई बर्खास्त गरेको छ । क्यानाडा फुटबल संघले यसअघि नै उहाँलाई निलम्बन गरेको थियो ।
अब पेरिसमा जारी ओलम्पिकमा क्यानाडा महिला टोलीको नेतृत्व सहायक प्रशिक्षक एण्डी स्पेन्सले सम्हाल्ने हुनुभएको छ । पेरिस ओलम्पिकको उद्घाटन खेलमा क्यानडाले न्युजिल्याण्डलाई २-१ ले पराजित गरेको छ । सोमबार क्यानाडाका फुटबल स्टाफले उडाएको ड्रोनले न्युजिल्याण्डको प्रशिक्षणमा बाधा पुर्याएको थियो ।
प्रिस्टम्यानले न्युजिल्याडण्का खेलाडीसँग माफी माग्दै सम्पूर्ण जिम्मेवारी आफूले लिने बताउनुभएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले क्यानाडा फुटबल संघ प्रिस्टम्यान र टोलीका दुई कर्मचारीविरुद्ध अनुशासनको कारबाही सुरु गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच