पूर्वाधार विकास कार्यालय जुम्लाद्वारा सडक र पुल निर्माण

विजय रावत जुम्ला, संवाददाता
Read Time = 4 mins

जुम्ला । पुर्वाधार विकास कार्यालय जुम्लाले जिल्लामा सडक र पुल निर्माणलाई तिब्रगतिमा अगाडि बढाएको छ । विकास निर्माण र बजेट कार्यान्वयनमा कार्यालय अब्बल समेत देखिएको छ । कार्यालयले अहिले सडक र पुल निर्माणलाई विशेष प्रथामिकतामा राखेर काम गरेको पूर्वाधार विकास कार्यालय जुम्लाका प्रमुख पदम प्रसाद देवकोटाले जानकारी दिनुभयो ।

कार्यालयले गत आर्थिक वर्ष २०८०/८१ मा जिल्लामा २ दशमलव ६३ किलोमिटर कालोपत्रे र पक्की सडक निर्माण गरिएको छ । यसैगरी १७ दशमलव ९४ किमी सडक ग्राभेल, सडक स्तरोन्नति,नाला निर्माण ३ किमी निर्माण गरेको कार्यालय प्रमुख देवकोटाले बताउनुभयो । कार्यालयले जिल्लाको कनकासुन्दरी गाउँपालिका-४ स्थित भैसेडीमा हिमा नदी माथि पक्की पुल निर्माण सम्पन गरेको छ । कर्णाली प्रदेश सरकारको समानिकरण बजेटबाट जनता आवास कार्यक्रमअन्तर्गत ११ वटा र विपन्न घर कार्यक्रमअन्तर्गत ९ वटा घर निर्माण भइ संचालनमा आएको पुर्वाधार विकास कार्यालय जुम्लाका प्रमुख देवकोटाको भनाइ छ ।

कार्यालयले तातोपानी, सिंजा र तिला गाउँपालिका गरी तीनवटा स्थानीय तहमा झोलुंगे पुल निर्माण समेत गरेको छ । झोलुंगे पुल निर्माणपछि जोखिम मोलेर यात्रा गर्ने हजारौं स्थानीय लाभान्वित भएको पुर्वाधार विकास कार्यालय जुम्लाले जनाएको छ ।

पुँजीगत खर्च ७४ प्रतिशत

बजेट कार्यान्वयनमा पूर्वाधार विकास कार्यालय जुम्ला अब्बल देखिएको छ । कार्यालयले गत आर्थिक वर्ष २०८०/८१ मा पुँजीगत खर्च ७४ दशमलव ८६ प्रतिशत गरेको छ । कार्यालयको बार्षिक विनियोजन जम्मा बजेट ५७ करोड ३२ लाख ४२ हजारमध्ये ४२ करोड ५३ लाख ४ हजार खर्च गरेको छ । अर्थात् कुल बजेटको ७४ दशमलव ९३ प्रतिशत बजेट खर्च भएको पूर्वाधार विकास कार्यालय जुम्लाका प्रमुख पदम प्रसाद देवकोटाले जानकारी दिनुभयो ।

पुँजीगततर्फ वार्षिक विनियोजित बजेट ५६ करोड ७८ लाख ८८ हजार मध्ये ४१ करोड ७७ लाख ९१ हजार खर्च भएको छ । पुँजीगततर्फ कुल बजेटको ७४ दशमलव ८६ प्रतिशत खर्च हो । कार्यालय प्रमुख देवकोटाले भन्नुभयो,“ चालूतर्फ १ करोड २४ लाख ५४ हजार बजेट मध्ये ९७ लाख ४२ हजार अर्थात् ७८ दशमलव २३ प्रतिशत बजेट खर्च भएको कार्यालय प्रमुख देवकोटाको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?