काठमाडौं । शिल्पी थियटर, बत्तिसपुतलीमा अंग्रेजी नाटक ‘चार्ली एण्ड द चकलेट फ्याक्ट्री’को भावानुवाद नेपाली नाटक ‘युगको साँचो’ मञ्चन भइरहेको छ । लेखक तथा रंगकर्मी टंक चौलागाईंको परिकल्पना तथा निर्देशनमा निर्माण भएको नाटकमा आकांक्षा कार्की, सेविता अधिकारी, शिला निरौला, रारा ज्योति पोखरेल, उषा भट्ट, प्रतीक दुलाल, पुष्पराज अवस्थी, विजय नेपाल, श्रीधर गौतम, अनु लकान्द्री, अभिनित चौलागाईं, अंशिका जोशी, कश्यप ज्ञवालीलगायत कलाकारको अभिनय छ ।
अंग्रेजी बाल उपन्यासलाई रूपान्तरण गरिएको नाटक ‘चार्ली एण्ड द चक्लेट’मा विली वन्का भन्ने व्यक्ति एक चक्लेट फ्याक्ट्रीका मालिक हुन्छन् र त्यही फ्याक्ट्रीमा नाटक केन्द्रित छ । बालबालिकालाई मनपर्ने कुरो भनेको चक्लेट नै भएकोले त्यो उपन्यासका लेखक रोल्ड डालले बालमनोविज्ञानसँग राम्रोसँग खेलेका छन् । तर, नेपालका बालबालिकालाई चक्लेटभन्दा अवश्यक कुरो आँङ ढाक्ने लुगा नै भएकोले परिकल्पनाकार चौलागाईंले चक्लेट फ्याक्ट्रीको सट्टामा कपडा उद्योग राखेका छन् ।
पाँच जना भाग्यशाली बालबालिका अंकुर, साक्षी, रस्मिता, मनु र आभाले साँचो प्राप्त गरेर मुनको नमुना उद्योग घुम्ने अवसर प्राप्त गर्छन् । तिनै पाँचमध्ये इमानदार र कर्मठ युवालाई ‘मुन नमुना उद्योग’ को साँचो हस्तान्तरण गर्ने मुन मिसको योजना हुन्छ । यही योजनाभित्र परेका पाँच जनालाई मुन मिसले आफ्नो उद्योगमा घुमाउँछिन् । फ्याक्ट्री घुम्न जाने ‘साँचो’देखि फ्याक्ट्रीकै ‘साँचो’ हस्तान्तरण गर्ने क्षणसम्मका उतारचढाव नै हो नाटक ‘युगको साँचो’ ।
बालबालिका लक्षित सांगीतिक नाटकलाई बालमैत्री पार्न निर्देशक चौलागाईंले कुनै कञ्जुस्याँइ गर्नुभएको छैन भने कलाकारले पनि आफ्ना चरित्रलाई न्याय दिन कुनै कसुर छोडेका छैनन् ।
नाटकमा मनोरञ्जन, हाँसो, प्रेरणा र सन्देश छ । प्रायः सबै कलाकारले फरक-फरक शैलीका चरित्र निर्वाह गरेका छन् भने केही कलाकारले दोहोरो भूमिका पनि उत्तिकै न्याय दिएका छन् । बाल नाटक निर्माण र बाल कलाकार उत्पादनमा व्यस्त रहनुभएका रंगकर्मी पुष्प अवस्तीले नाटक बालबालिका केन्द्रित र समयसापेक्ष रहेको र नाटकमार्फत नेतालाई देश निर्माणमा अब युवालाई अघि सार्नुपर्ने सन्देश दिनकै लागि पनि आफू रंगमञ्चमा पाँच वर्षपछि अभिनय गरेको कुरा सुनाउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच