धादिङ । अविरल बर्षाका कारण उत्तरी धादिङको गंगाजमुना गाउँपालिका( ३ अम्बोटेको सिंगो गाउँ नै पहिरोको उच्च जोखिममा परेको छ ।
वर्षाका कारण जमिन भासिन र पहिरो जान थालेपछि गुरुङ गाउँ होमस्टे अर्थात अम्बोटेका १६ घरपरिवार जोखिममा परेको हो ।
सडकबाट बगेको भलपानी नाला कटान नहुँदा पानी बस्तीमा पस्दा यस्तो समस्या भएको स्थानीय बासिन्दाहरुको भनाई छ ।
सडक भत्काउँदै जमिन कटान गरेर बस्तीतर्फ पसेको भलपानीले मानिस हिँडडुल गर्ने बाटो तथा बस्तीमा क्षति पुगेको छ । गंगाजमुना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल श्रेष्ठका अनुसार पहिरोले एक घरपरिवारका व्यक्ति छिमेकीमा सरेका छन् भने र दुई घर उच्च जोखिम छन् ।
यस तर्फ ३ नै तहका सरकारको ध्यान समयमै नजाने हो भने गाउँमा थप नोक्सानी हुन सक्ने स्थानीयको भनाई छ । अघिल्लो बर्ष पनि बाढी पहिले यस ठाउँमा धेरै नोक्सानी गरेको थियोे ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच