काठमाडौं । सर्वोच्च अदालतले पूर्वमन्त्री गोविन्दराज जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।
यसअघि विशेष अदालतले गरेको फैसलालाई आइतबार न्यायाधीश विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले सदर गरेको सर्वोच्च अदालतले जनाएको हो ।
विशेष अदालतका अध्यक्ष गौरीबहादुर कार्की, सदस्य ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासले गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको ठहर सहित जोशीलाई बिगो र त्यही बराबर २ करोड १६ लाख १४ हजार ३७६ रुपैयाँ जरिवाना हुने फैसला सुनाएको फैसलालाई सदर गरेको सर्वोच्च अदालतका प्रवक्ता वेदप्रसाद उप्रेतीले जानकारी दिनुभयो ।
आइतबार न्यायाधीश विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै ९ महिना कैद र ६९ लाख १५ हजार जरिवानाको सजाय सुनाएको हो ।
जोशीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विक्रम संवत् २०६० सालमा अकुत सम्पत्ति आर्जन गरेको भन्दै मुद्दा दायर गरेको थियो।
जोशीले ३ करोड ९३ लाख ६५ हजार बराबरको सम्पत्ति गैरकानूनी तवरबाट आर्जन गरेको अख्तियारको दाबी थियो ।
शुरूमा विशेष अदालतले म्याद नाघेको भन्दै मुद्दा दायर नगरेपनि सर्वोच्च अदालतको आदेशपछि विशेष अदालतमा उक्त मुद्दा दायर भएको थियो।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच