काठमाडौं । डा.कपिलदेव उपाध्यायले नइ प्रकाशनको अक्षयकोष अभिवृद्धिका निम्ति थप पाँच लाख रूपैयाँ प्रदान गर्नुभएको छ । उहाँले नइ प्रकाशनका कुलपति इन्दिरा प्रसाईंलाई उक्त रकम हस्तान्तरण गर्नुभएको हो ।
डा. उपाध्यायले अक्षयकोषका लागि यसअघि ६ लाख रूपैयाँ प्रदान गर्नुभएको थियो । दुर्गम क्षेत्रका जेहेनदार विद्यार्थीको हितका निम्ति १० लाख रूपैयाँ राशिको ब्याजबाट ‘नइ कपिल विद्यापदक’को स्थापना गर्ने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ ।
हरेक वर्ष जनही ३० हजार रुपैयाँ राशिसहित ‘नइ कपिल विद्यापदक’ दुर्गम जिल्लाका सरकारी विद्यालयबाट कक्षा–१२ मा सर्वोत्कृष्ट हुने दुई छात्रालाई प्रदान गरिने नइका सदस्यसचिव नरेन्द्रराज प्रसाईले जानकारी दिनुभयो । प्रकाशनको अक्षयकोषमा हाल दुई करोड ६६ लाख रुपैयाँ मौज्दात रहेको विज्ञप्तिमा जनाइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच