झापा । अन्तर्राष्ट्रिय प्रतियोगितामा मुलुकका लागि तीन गोल गर्नुभएको फुटबलका पुराना अन्तर्राष्ट्रिय खेलाडी गम्भीर राईको ५६ वर्षको उमेरमा निधन भएको छ ।
झापाको भद्रपुर नगरपालिका १० चन्द्रगढीका स्थानीय पूर्वफुटबलर राईको आइतबार राति उपचारका क्रममा विएण्डसी अस्पताल बिर्तामोडमा निधन भएको हो । उहाँ सुगर पीडित हुनुहुन्थ्यो । शरीरमा सुगरको मात्रा न्यून भएपछि उहाँको उपचार असम्भव भएको हो ।
१४ वर्षको कलिलो उमेरमा फुटबल खेल्न सुरु गर्नुभएको राईले यु १६, यु १९ र नेपाल यूथ फुटबल टिमबाट मुलुकका लागि खेल्नुभएको थियोे ।
एनआरटी, जनकपुर चुरोट कारखाना टिम , मनाङ मर्स्याङ्दी जस्ता चर्चित क्लबबाट खेल्नु भएको राई झापा जिल्ला फुटबल संघको पूर्वउपाध्यक्ष हुनु हाे ।
२०५६ सालमा फुटबल खेलबाट संन्यास लिनुभएको उहाँले पूर्वको चर्चित क्लब मुनाल एफसीमा प्रमुख प्रशिक्षकको भूमिका निर्वाह गर्नुभएको थियो । राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान हरी खड्काले मुनाल क्लबबाटै खेलयात्रा गर्नुभएको थियो ।
गम्भीरले अहिले झापा भद्रपुर गोल्डकपको प्रशिक्षकको जिम्मेवारी सम्हालिरहनु भएको झापा जिल्ला फुटबल संघको अध्यक्ष भगीरथ आले मामाले बताउनुभयो ।
मुलुकको फुटबल विकासमा महत्वपूर्ण योगदान पुर्याउनु भएको राई २०७९ फागुन १७ गते लाइफटाइम एचिभमेन्ट अवार्डबाट प्रदान गरिएको थियो ।
उहाँका दुई छोरी जर्जिया र जिया हुनुहुन्छ । उहाँहरु अमेरिका र अष्ट्रेलियामा हुनुहुन्छ । श्रीमती रेखासँग पहिला नै सम्बन्ध विच्छेद भएको थियो । छोरीहरु आएपछि मात्रै दाहसंस्कार गरिने जनाइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच