काठमाडौं । युवा साहित्यकार भेषराज सापकोटाद्वारा लिखित उपन्यास ‘जीवनको कथा’ लोकार्पण भएको छ । ग्रीनतारा चाइल्ड हेभेन स्कुल आरुबारीमा आयोजित उक्त कार्यक्रम सोही विद्यालयका प्रिन्सिपल प्रकाश नगरकोटीको सभापतित्वमा सम्पन्न भएको थियो ।
सांसद सन्तोष चालिसे प्रमुख अतिथि तथा गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसाल, साहित्यकार गोविन्द घिमिरे र विजय चालिसे विशिष्ट अतिथि रहनुभएको थियो ।
प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरूबाट पुस्तक लोकार्पण भएपछि साहित्यकार नारायण नेपालले पुस्तकमाथि समीक्षात्मक टिप्पणी गर्नुभएको थियो । प्रमुख अतिथि चालिसे विशिष्ट अतिथि दीपक रिसाल, गोविन्द घिमिरे तथा विजय चालिसेले पनि आ-आफ्नो विचार व्यक्त गर्नुभएको थियो । लेखक भेषराज सापकोटाद्वारा पुस्तक लेखनको पृष्ठभूमि बताउनुका साथै धन्यवाद ज्ञापन गरिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच