
काठमाडौं । पेरिस ओलम्पिक– २०२४ को ब्याडमिन्टन प्रतियोगितामा नेपालका प्रिन्स दाहाल पराजित हुनुभएको छ ।
फ्रान्सको पेरिसस्थित ला चापेला एरिनाको कोर्ट नं २ मा आज बिहान सम्पन्न भएको समूह ‘पी’को खेलमा विश्व वरियताको ४३औँ स्थानमा रहेका आयरल्याण्डका हात गुयेनले प्रिन्सलाई २१–७ र २१–५ को सोझो सेटमा पराजित गर्नुभएको हो ।
गुयेनलाई नतिजा आफ्नो पक्षमा पार्न ३५ मिनेट लाग्यो । पहिलो सेटको नतिजा १७ मिनेटमा आफ्नो पक्षमा पारेका गुयेनले दोस्रो सेट जित्न १८ मिनेट खर्चनु भएको थियो ।
प्रिन्सको सर्भिसमा गुयेनले पहिलो सेटमा छ र दोस्रो सेटमा चार अङ्क जोड्नु भएको थियो । आफ्नो सर्भिसमा भने गुयेनले पहिलो सेटमा १५ र दोस्रो सेटमा १७ अङ्क बटुल्नु भएको थियो । गुयेनको ओलम्पिकमा यो लगातार दोश्रो सहभागिता हो । उहाँले टोकियो ओलम्पिक २०२० मा पनि सहभागीता जनाउनुको थिए ।
विश्व वरियतामा एक सय ७२औँ स्थानमा रहेका प्रिन्सको यो लगातार दोस्रो हार हो । समूह चरणको पहिलो खेलमा पूर्वजुनियर नम्बर वान प्रिन्स विश्व वरियताको शीर्ष दुई स्थानमा रहेका डेनमार्कका भिक्टर एक्सेल्सेनसँग २१–८ र २१–६ को सोझो सेटमा पराजित हुनुभएको थियो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच