काठमाडौं । शेयर बजार परिसूचक नेप्से आज दोहोरो अंकले बढेको छ ।
शुरूमा ५१ अंकको गिरावट र केही समय झण्डै ५० अंकको वृद्धि भएको नेप्से परिसूचक अन्तिममा ३५.५५ अंकले बढेर २६९६.६५ अंकमा कायम भएको छ ।
१७ अर्ब २६ करोडको कारोबार भएको शेयर बजारमा १८९ कम्पनीका शेयर धनीले कमाएका छन् भने ४७ कम्पनीको शेयर मूल्यमा गिरावट देखिएको छ ।
६ वटा कम्पनीको मूल्य यथावत रह्यो । ४ वटा कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढ्दा अन्य ४ कम्पनीको सकारात्मक सर्किट लेभलमा कारोबार भएको थियो ।
शुरूमा सेलर हाबी हुँदा बजार घटेको थियो । तर, अन्तिममा समयमा बायर हाबी हुन पुगे ।
२६ देखि २७ सय आसपासमा ठूलै 'करेक्सन' आउन सक्ने अनुमान भइरहेका बेला यस्तो उतारचढावपूर्ण कारोबार भएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच