इनिग्माका चार विद्युतीय स्कुटर

Read Time = 3 mins

काठमाडौं । राइजिङ ट्रेडिङ कम्पनीले इनिग्मा विद्युतीय स्कुटर सार्वजनिक गरेको छ । कम्पनीले सोमबार सार्वजनिक गरेका इनिग्माका चार स्कुटरमा क्रिंक प्रो, एन ८, क्रिंक भी १ र जिटी ४५० प्रो रहेका छन् । भारतमा निर्मित इनिग्माका स्कुटर पावर र माइलेजमा ‘बेस्ट इन क्लास’ मानिने कम्पनीको दाबी छ । उत्कृष्ट टर्कका लागि ३० एमएम मोटर म्याग्नेट दिइएको स्कुटरमा ब्याट्रीको लामो आयुका लागि स्मार्ट बिएमएस प्रविधि जडान गरिएको छ । स्कुटरमा क्रुज कन्ट्रोल, रिभर्स गियर, किलेस राइडिङ, सेन्ट्रल लकिङ, एन्टी थेप्ट अलार्म सिस्टम, युएसबी पोर्ट, फाइण्ड माई स्कुटर, जिपिएस ट्र्याकिङ, जिओ ट्यागिङलगायत विशेषता रहेका छन् ।

कम्पनीका प्रबन्ध निर्देशक अजिज श्रेष्ठले पावर र पर्फर्मेन्समा प्रतिस्पर्धीसरहका स्कुटर सुपथ मूल्यमा उपलब्ध गराउने कम्पनीको उद्देश्य रहेको बताउनुभयो । श्रेष्ठका अनुसारर क्रिंक प्रोको दुई लाख ९५ हजार रुपैयाँ, एन ८ को दुई लाख ५० हजार रुपैयाँ, क्रिंक भी १ को दुई लाख ६० हजार र जिटी ४५० प्रोको दुई लाख ३५ हजार रुपैयाँ मूल्य तोकिएको छ ।

क्रिंक प्रो प्रतिघण्टा ८० किलोमिटरसम्म स्पिड रहेको र एकपटकको फुल चार्जमा ९० किलोमिटर माइलेज दिने बताइएको छ । ब्याट्री चार्ज हुन चारदेखि पाँच घण्टा लाग्छ । एन ८ स्कुटरले फुल चार्जमा एक सय २० किलोमिटरसम्म, क्रिंक भी १ र जिटी ४५० प्रोे स्कुटरले पनि फुल चार्जमा एक सय २० किलोमिटरसम्म माइलेज दिने कम्पनीले जनाएको छ । कम्पनीले सबै मोडलका ब्याट्रीमा तीन वर्षको वारेन्टी दिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?