साना किसान विकास लुघुवित्त वित्तीय संस्थाद्वारा १५ प्रतिशत लाभांश वितरण

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडाैं । साना किसान विकास लुघुवित्त वित्तीय संस्था लिमिटेडले १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

संस्थाको २२ औँ वार्षिक साधारण सभाका अवसरमा संस्थाका अध्यक्ष खेमबहादुर पाठकले प्रश्तुत गर्नुभएको वार्षिक प्रतिवेदन पारित भएसँगै १५ प्रतिशत लाभांस वितरण गर्ने प्रश्ताव पारित भएको हो । कम्पनी सचिव अनिल जोशीले सभामा अध्यक्षको प्रश्ताव सभामा पारित गर्न प्रश्तुत गर्नुभएको थियो ।

लघुवित्तले आर्थिक वर्ष २०७९/०८० सम्मको मुनाफाबाट चुक्ता पुँजी ३ अर्ब ३३ करोड १६ लाखको १४ दशमलव २५ प्रतिशतले हुने ४७ करोड ४७ लाख बराबरको बोनस शेयर र कर प्रयोजनको लागि चुक्ता पुँजीको ०.७५ प्रतिशतले हुने नगद लाभांश २ करोड ४९ लाख गरी जम्मा चुक्ता पुँजीको १५ प्रतिशतले हुने रकम ४९ करोड ९७ लाख रुपैयाँ वितरणका लागि गरिएको प्रश्ताव प्रश्तुत गरेको थियो । सचिव जोशीले बोनस शेयर पारित भएसँगै लघुवित्तको कुल चुक्ता शेयर रकम ३ अर्ब ८० करोड रुपैयाँ पुगेको बताउनु भयो ।

त्यस्तै संस्थाको २२ औँ वार्षिक साधारणले नयाँ सञ्चालकमा ६ जना निर्वाचित गरेको छ । नयाँ सञ्चालकहरुमा खेमबहादुर पाठक, डा. बाबुकाजी थापा, समता पन्त, सुखदेव न्यौपाने, उमेश लम्साल र भीमप्रसाद पन्त संस्थाको नयाँ सञ्चालक समितिमा निर्वाचित भएका हुन् । सञ्चालक समिति अध्यक्ष खेमबहादुर पाठकले साना किसान विकास लघुवित्तले जथाभावी लगानी गर्न नहुने बताउनु भयो ।

उहाँले लघुवित्तले लगाएको लगानी ठिक ढङ्गले लगानी भए/नभएको हेर्न आवश्यक रहेको बताउनु भयो । उहाँले साना किसान विकास लघुवित्तबाट ऋण लिन प्रक्रिया घुमाउरो छ भन्ने अरोप लाग्ने गरेको भन्दै सडकबाटै ऋण दिने संस्थाहरुको पैसा डुबेको बताउनु भयो । उहाँले साना किसान विकास लघुवित्तले प्रक्रिया र सही ठाउँमा लगानी गरेकाले पैसा डुब्न नसक्ने अवस्थामा नभएको दाबी गर्नुभयो ।

साना किसान विकास लघुवित्तले देशका ७७ जिल्लाका ५४६ स्थानीय तहमा सञ्जाल बिस्तार गरी १ हजार ६ सय ३६ साझेदार संस्थामार्फत १० लाख २९ हजार ८ सय ७५ परिवारमा वित्तीय संस्थाको सेवा पुगेको कम्पनीले जनाएको छ । आवद्ध सहकारी संस्थाहरूले ६ करोड ५८ लाख ७६ हजार ५ सय ८५ हजार बराबरीको आन्तरिक पुँजी निर्माण गरी परिचालन गरेका छन् ।

-न्युज एजेन्सी नेपाल

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?