शेखर गुटको बैठक आजपनि बस्दै, सभापतिलाई दबाब दिनेबारे छलफल हुने

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाली कांग्रेस नेता डा. शेखर कोइराला पक्षधरको बैठक आज पनि बस्दै छ । बैठक आज दिउँसो २ बजे बस्ने नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले जानकारी दिनुभयो ।

बिहीबार बसेको बैठकमा नेताहरूले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवालाई रचनात्मक दबाब (कन्स्ट्रक्टिभ बिद्रोह) दिने निस्कर्ष निकालेका छन् ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेस नेता भण्डारीले बैठकमा देशको आर्थिक, समसामयिक राजनीति, गठबन्धनात्मक विषयहरुमा छलफल गरेको बताउनु भयो । उहाँले छलफलमा पार्टीको आन्तरिक कुरामा पनि जोड दिएको बताउनु भयो ।

नेता भण्डारीले छलफलमा राजनीतिक सोचाईमा परिवर्तन र त्यसको आधारमा आफ्नो समूहको विचारलाई कसरी अघि बढाउने भन्ने बारेमा पनि छलफल भएको बताउनु भयो ।

छलफलमा शेखर कोइरालासहित महामन्त्री गगन थापा, चन्द्र भण्डारी, बलबहादुर केसी, दिलेन्द्रप्रसाद बडू, सञ्जय गौतम, गोविन्द पोखरेल, प्रतिमा गौतम, जगदीश्वरनरसिंह केसी, भूपेन्द्रजंग शाहीलगायत उपस्थित हुनुहुन्थ्यो ।

विधानअनुसार महाधिवेशनपछि नयाँ कार्यसमिति निर्वाचित भएको तीन महिनाभित्र कोषाध्यक्ष मनोनयन, ६ महिनाभित्र पार्टीका विभागहरूको गठन गर्नुपर्ने, नेतृत्वविहीन भएका भ्रातृ संस्थामा मनोनयनलगायत कामहरू हुन सकेका छैनन् । अहिलेसम्म चारवटा भ्रातृ संस्थामा मनोनयन हुँदा सभापति देउवाले आफू पक्षीय नेताहरूलाई सभापतिमा मात्रै मनोनयन गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?