काठमाडाैं । नेपाली काँग्रेसका राष्ट्रिय सभा सदस्य आनन्दप्रसाद ढुंगानाले संघीयता र लोकतन्त्रलाई बलियो बनाउने काममा सरकार लाग्नुपर्ने बताउनुभएको छ ।
मंगलवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो ।
उहाँले अहिले नेपाली काँग्रेस र नेकपा एमालेको सरकार बनेको उल्लेख गर्दै इतिहासमा पनि परिवर्तनको अग्रणी भुमिकामा काँग्रेस र एमाले नै रहेको बताउनु भयो । उहाँले देशमा नेपाली जनताको हित र हकका लागि काम गर्न नसके र वर्तमान सरकार पनि असफल भए दुःखद् परिस्थिति आउने बताउनु भयो ।
उहाँले संघीयतालाई स्वीकार गरेको र सात प्रदेश बनेको भएपनि पछिल्लो समय सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले प्रदेशको महत्वलाई शुन्यमा झारेको आरोप लगाउनु भयो । उहाँले मुख्यमन्त्री सोडारीले राजीनामा नदिएर प्रदेशलाई विभिन्न किसिमले घाटा पु-याइरहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘अहिले जुन सरकार नेपाली काँग्रेस र एमालेको बनेको छ, यो नेपालको इतिहासमा यो देशमा परिवर्तनका अग्रणी भुमिका नेपाली काँग्रेस र एमालेले गरेकै हो । २०४६ सालको आन्दोलन होस् वा त्यसपछिका विभिन्न १२ बुँदे समझदारीदेखि लिएर, मधेस आन्दोलनका कुरादेखि लिएर, संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनाउन संविधान सभाको निर्वाचनदेखि, संविधान सभाबाट नेपाल्ी जनताले पहिलो पटक संविधान पाएको हो । यदी अहिले पनि हामीले यो देशमा नेपाली जनताको हित र हकका लागि काम गर्न सकेनौँ र यो सरकार पनि असफल भयो भने साह्रै नै दुःखद् दिन हाम्रा सामु आउनसक्छौँ । त्यसैले हामीले जसरी भएपनि संघीयता, लोकतन्त्र सबैलाई व्यवस्थित गर्ने हो भने गम्भीर रुपमा काम गर्नुपर्छ । हामीले संघीयता स्वीकार गरेका छौँ, सात प्रदेश बनेका छन् । सुदूरपश्चिमको मुख्यमन्त्रीले त्यसलाई जिरोमा पु¥याइदिनुभयो । आज अर्थतन्त्र त्यहाँ उठिरहेको छैन । सुदूरपश्चिमको मुख्यमन्त्री आजसम्म छोड्न तयार हुनुहुन्न । ४० लाख राजश्व मुख्यमन्त्रीले दिनुहुन्छ ? त्यसबाट भएको घाटा कसले तिर्छ ।’
सांसद ढुंगानाले संविधानलाई अग्रगामी दिशा दिन संशोधन गर्न लागेको बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच