काठमाडाै । नेपालका लागि चिनियाँ राजदूत छन् सोङले सामाजिक सञ्जालमा व्यक्त गरेको धारणाप्रति संसदमा प्रश्न उठेको छ ।
जनमत पार्टीका सांसद अब्दुल खानले चिनियाँ राजदुत छन् सोङले सामाजिक सञ्जालमा व्यक्त गरेको धारणाप्रति निन्दा गर्नुभएको छ ।
मंगलवार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै खानले यस्तो धारणा व्यक्त गर्नुभएको हो । उहाँले असार २८ मा त्रिशुली नदीमा खसेको दुई वटा बस र हराइरहेका यात्रुको खोजी गर्न भारतले टोली पठाउँदा चीनले आपत्ति जनाएको भन्दै जनमत पार्टीले निन्दा व्यक्त गर्ने बताउनु भयो । उहाँले चीनले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरे नेपाली जनताले सहन नसक्ने चेतावनी दिनुभयो ।
उहाँले भन्नुभयो,‘एउटा मित्र देशले विज्ञ टोलीसहित बस खोज्न सहयोग गर्दा अर्को मित्र राष्ट्र चीनको राजदुतले बसमा सवार मधेसी, मुस्लिम, थारू, दलित समुदायका साथै सम्पूर्ण नेपाली र नेपालीको दुःखमा नुनचुक छर्ने निन्दनीय अभिव्यक्ति एक्समा लेख्नुभएको छ । यसमा नेपाल सरकार गम्भीर हुनुपर्छ । हाम्रो आन्तरिक मामिलामा हस्तक्षेप कुनैपनि देशको राजदुतले गर्न सक्दैन । नेपाली जनताले सहन सक्दैन ।’
उहाँले चीनका राजदुतले सामाजिक सञ्जाल एक्समा समाचार शेयर गर्दै हराएको बस खोज्न भन्दा पहिला चुम्बक खोज भन्ने अभिव्यक्ति दिनु आपत्तिजनक रहेको बताउनु भयो ।
यस्तै प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा लोसपा सांसद सर्वेन्द्रनाथ शुक्लाले पनि चिनियाँ राजदूतको नाम नलिई कूटनीतिक मर्यादाविपरीतको काम भएको आरोप लगाउनु भएको छ ।
‘दुर्घटनामा हराएका सबैजनाको गाउँ शोकमग्न रहेको बेला एकजना महामहिमले खोजी कार्यको मजाक उडाएका छन्- एक्सको पोस्टमा,’ सुक्लाले भन्नुभएको छ, ‘यो कृत्य कुनै पनि देशको कूटनीतिक मर्यादाविपरीत हो । नेपालको नेतृत्वमा भइरहेको खोजी कार्यको मजाक उडाउने काम निन्दनीय छ ।’
गत असार २८ गते वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००६ख १५१६ नम्बरको एञ्जल डिलक्स र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–२४९५ख ००१ नम्बरको गणपति डिलक्स बस चितवनको सिमलतालमा पहिरोसँगै त्रिशूली नदीमा बेपत्ता भएका थिए ।
बसमा सवार ६५ जनामध्ये तीन जना हामफालेर बाँच्न सफल भएका थिए भने ६२ जना बेपत्ता भएका थिए ।
हालसम्म २४ जनाको शव भेटिएको छ ।
तीमध्ये १८ जनाको पहिचान खुलेर परिवारलाई बुझाइसकिएको छ । अन्य छ शवको पहिचान खुल्न सकेको छैन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच