सुर्खेतमा जुवा खेलिरहेका आठ जना जुवा खालबाटै पक्राउ

मानबहादुर वली सुर्खेत, संवाददाता
Read Time = 1 min

सुर्खेत । सुर्खेत प्रहरीले वीरेन्द्रनगरमा जुवा खालबाटै आठ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले गएराती जुवा खालबाटै नगद ४० हजार ७५ रुपैयाँ र मोबाइल ७ थानसहित ८ जनालाई नियन्त्रणमा लिएको हो । वीरेन्द्रनगर नगरपालिका–९, बस्ने ४२ वर्षीय दावा गुरुङको घरमा जुवातास खेलिरहेको अवस्थामा गुरुङ समेत ८ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) लक्ष्मण शाहीले बताउनु भयो ।

उहाँले आज जिल्ला अदालत सुर्खेतबाट म्याद थप गरि उनीहरुलाई जुवा ऐन २०२० अनुसार कार्वाही प्रक्रिया अगाडि बढाईएको जानकारी दिनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?