पेरिस । फ्रान्सको राजधानी पेरिस अहिले खेलकुदमय बनेको छ । पेरिसमा विश्व खेलकुदको ‘महाकुम्भ मेला’ पेरिस ओलम्पिक चलिरहेको छ । पेरिसमा ओलम्पिक चलिरहँदा ५० वर्षअगाडिको एउटा दर्दनाक घटना सायदै कसैले बिर्सिएका होलान् । घटना सन् १९७२ सेप्टेम्बर ५ को हो ।
ओलम्पिक जर्मनीले आयोजना गरेको थियो । बिहान ४ बजेपछि एउटा यस्तो घटना भयो जसले सारा विश्वलाई स्तब्ध बनायो । ट्र्याकसुट लगाएका आठजना पुरुषहरू डफेल झोलामा कलाश्निकोभ राइफल र ग्रेनेडहरू लिएर म्युनिखको ओलम्पिक गाउँमा हाम फालेका थिए । जसलाई ‘म्युनिक हत्याकाण्ड’ नामले प्रायः सम्झिने गरिन्छ । हुन त यो विश्व खेलकुदको सबैभन्दा ठूलो महोत्सवका क्रममा भएको थियो, त्यस अर्थमा यसको सिधासिधा प्रभाव खेलकुदमा पर्ने भयो नै । तर, यो यत्तिकै मात्र सीमित रहेन । आतंकवादी आक्रामक कस्तो हुँदोरहेछ, यतिबिघ्न नराम्रो र नमिठोसँग पहिलोपल्ट मानवीय इतिहासले थाहा पाएको थियो । तत्कालीन पश्चिम जर्मनीले पहिलोपल्ट ओलम्पिक्स आयोजना गरेको थियो । त्यसो त जर्मनी दुई फरक देशमा छुट्टिनुअगाडि बर्लिनमा सन् १९३० मै पनि ओलम्पिक्स भएको थियो ।
बिहान करिब ४ बजे खेलकुद गाउँको बाउन्ड्री पर्खाल नजिक पुगेका आतंककारीहरू आठ फिट अग्लो पर्खाल चढेर खेलकुद गाउँमा प्रवेश गरेका थिए । त्यसबेला केही अमेरिकी खेलाडीहरू रातभर पार्टी गरेर आफ्नो फ्ल्याटमा फर्किरहेका थिए । तिनीहरूमध्ये धेरैजसो मातेका थिए, त्यसैले तिनीहरूमा कसैले ध्यान दिएनन् ।
यी व्यक्ति प्यालेस्टाइन लिबरेसन अर्गनाइजेसनसँग सम्बन्धित ‘ब्ल्याक सेप्टेम्बर’ नामक समूहका सदस्य थिए । तिनीहरूको मिसन इजरायली खेलाडीहरूलाई बन्धक बनाउने र २३६ कैदीहरूलाई रिहा गर्न माग गर्नु थियो । तीमध्ये २३४ कैदीहरू इजरायली जेलमा थिए र जसको रिहाइको माग गरिएको थियो । पहिलोपटक लाखौं मानिसहरूले यो आतंकवादी हमला प्रत्यक्ष हेरिरहेका थिए । टेलिभिजन सञ्जालहरूले अन्ततः आतंकवादी हमला र इजरायली खेलाडीहरूलाई बन्धक बनाएको देखाउन थालेका थिए । पहिलोपटक आतंकवादी घटनाको प्रत्यक्ष प्रसारण विश्वव्यापी दर्शकहरूलाई प्रदान गरिएको थियो । यसमा यहुदी इजरायली ओलम्पिक टोलीलाई निशाना बनाइएको थियो ।
आतंकवादीहरूले इजरायली खेलाडीहरूको आवासको अपार्टमेन्टमा प्रवेश गरेर इजरायली ओलम्पिक टोलीका ११ सदस्यहरूलाई बन्धक बनाएका थिए । अपार्टमेन्टमा प्रवेश गर्दा दुई खेलाडीको मृत्यु भयो र अन्य नौजना पक्राउ परे । जर्मन अधिकारीहरूले फस्र्टनफेल्डब्रक एयर बेसमा बन्धकहरूलाई उद्धार गर्ने प्रयास गरे तर सफल हुन सकेन ।
आतंकवादीहरूले बाँकी सबै बन्धकहरूलाई मारेका थिए । गोली हानाहान भएको थियो, जसमा एक आतंककारी जीवितै पक्राउ परेका थिए । म्युनिख नरसंहारपछि इजरायलले ब्ल्याक सेप्टेम्बरमा संलग्न व्यक्तिहरू र आक्रमणका लागि जिम्मेवार व्यक्तिहरूलाई पत्ता लगाउन र मार्नका लागि ‘अपरेसन रैथ अफ गॉड’ नामक गोप्य अपरेसन सुरु गरेको थियो । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच