
काठमाडौ । ग्लोबल आइएमई बैंकको डेबिट तथा क्रेडिट कार्डबाहक र मोबाइल बैंकिङ प्रयोगकर्तालाई किक फन वल्र्ड प्रालिबाट सञ्चालित वण्डरल्याण्ड नेपाल, बुंगमतीमा सेवा मूल्यको १० प्रतिशत रकम बोनस स्वरूप प्रदान गर्ने सम्झौता भएको छ ।
सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकका बागमती प्रदेश कार्यालय मेनेजर निकिता भण्डारी थापा र किक फन वल्र्डका मार्केटिङ प्रमुख शिखर बस्नेतले हस्ताक्षर गर्नुभएको छ ।
सम्झौताअनुसार बैंकका ग्राहकले वण्डरल्याण्ड नेपालमा उपलब्ध मनोरञ्जनात्मक तथा अन्य सेवाका लागि वण्डरल्याण्डबाट जारी हुने कार्डबापतको भुक्तानीमा बैंकको डेबिट तथा क्रेडिट कार्ड र मोबाइल बैंकिङ प्रयोग गर्दा उक्त कार्डमा १० प्रतिशत बोनस थप गरी वण्डरल्याण्डले कार्ड उपलब्ध गराउने बैंकले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच