आँखा उपचार केन्द्रमा स्वास्थ्य बीमा सेवा सुरु

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 3 mins

गुल्मी । नेपाल नेत्र ज्योति संघ आँखा उपचार केन्द्र तम्घासमा स्वास्थ्य बीमा सेवा सुरु गरिएको छ । नेपाल सरकार स्वास्थ्य बीमा बोर्डअन्तर्गतको स्वास्थ्य बीमा कार्यक्रमको उपचार सेवा यस आँखा उपचार केन्द्रबाट पनि सुरु गर्न लागिएको बताइएको छ ।

स्वास्थ्य बीमा बोर्डबाट स्वीकृत प्राप्त गरेसँगै आँखा उपचार केन्द्रले साउन १२ गतेदेखि बीस प्रतिशत सह-भुक्तानीमा स्वास्थ्य बिमा सेवा सुरु गरेको हो । स्वास्थ्य बीमा सेवाअन्तर्गत सेवाग्राहीले बीमा बोर्डको नियमअनुसार बीस प्रतिशत सहभुक्तानी पनि गर्नुपर्ने तर लक्षित समूलाई भने सह-भुक्तानी पनि नलाग्ने केन्द्रका सूचना अधिकारी वीरबहादुर कार्कीले बताउनुभयो ।

स्वास्थ्य बीमाको सुरु भएसँगै उपचार सेवा लिनेको संख्या बढ्ने आँकलन गरिएको छ । हाल जिल्ला आँखा उपचार केन्द्रमा गुल्मी जिल्लाको जुनसुकै स्वास्थ्य संस्थामा प्रथम सेवा विन्दु मानेका नागरिकले रेफर बिना नै सेवा प्राप्त गर्न सक्ने केन्द्रका प्रमुख सूर्य बहादुर बस्नेतले बताउनुभयो ।

निःशुल्क शल्यक्रियाका लागि यस अघि सम्झौता गरेका पालिकाहरुले सो सेवालाई निरन्तरता दिने र स्वास्थ्य बीमा गरेका नागरिकका लागि सह-भुक्तानीको बीस प्रतिशत रकम पालिकाबाटै बेहोरिने भएको नेपाल नेत्र ज्योति संघ गुल्मीका सभापति अखिलेश्वरप्रसाद पाण्डेले बताउनुभयो । आँखा उपचार केन्द्रमा नाम दर्ता, ओपिडि सेवा, औषधी, इमर्जेन्सी सेवा र शल्यक्रिया सेवा लिन सकिने नेपाल नेत्रज्योति संघका सचिव पदमप्रसाद पाण्डेले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?