बैतडी । बैतडीमा डेंगी रोग नियन्त्रणका लागि लामखुट्टेको लार्भाको खोजी गरी नष्ट गर्न थालिएको छ । स्वास्थ्य कार्यालय बैतडीका प्रतिनिधि, स्थानीय तहका स्वास्थ्य शाखाका प्रतिनिधि, प्रहरी र स्थानीयहरुसँग समन्वय गरी लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने अभियान सञ्चालन गरिरहेको हो ।
यहाँका बजार क्षेत्रहरुमा सचेतनामूलक कार्यक्रम गरिनुका साथै लामखुट्टेको लार्भा बस्ने ठाउँको खोजी गरी नष्ट गर्ने अभियान थालिएको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लाको गोठलापानी, शाहीलेक, पाटन, खोड्पे लगायतका बजारमा लार्भाको खोजीगरी नष्ट गर्ने अभियान सञ्चालन गरिएको हो ।
बजार क्षेत्रमा राखिएका टायर, बाल्टीन, टीनका डब्बा र ड्रममा जमेको पानीमा रहेका लार्भाहरु खोजी गरी नष्ट गरिएको स्वास्थ्य कार्यालय बैतडीका खोप सुपरभाइजर निरीक्षक हरिश भट्टले जानकारी दिनुभयो ।
विशेषगरी वर्षाको पानी जम्ने जथाभावी फालेका बोतल, टिनका भाँडा, थोत्रो टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रम, गमला, पानीका ट्याङ्की आदिमा यसले फूल पार्ने गरेको छ ।
जिल्लाको खोडपे बजारमा पुराना टायरहरु थुप्रै रहेको र यहाँ धेरै लामखुट्टेका लार्भाहरु देखिएको स्वास्थ्य कार्यालय बैतडीमा कार्यरत ल्याब टेक्निसियन धर्मानन्द बडुले बताउनुभयो । ‘खोड्पेमा जताततै गाडीका टायरहरु रहेछन्, यहाँ धेरै मात्रामा लार्भाहरु पनि देखिए’, बडुले भन्नुभयो ‘यहाँ डेंगुको जोखिम छ।'
डेंगी रोगको जोखिम कम गर्नको लागि स्थानीय तहको स्वास्थ्य शाखाबाट पनि अभियान थालिएको छ । स्वास्थ्य कार्यालयको समन्वयमा समुदायस्तरमा स्वास्थ्यकर्मी परिचालनगरी आवश्यक सचेतनाका कार्यक्रमहरु सञ्चालन भइरहेको पाटन नगरपालिकाका जनस्वास्थ्य निरीक्षक दमन्ती ऐरीले बताउनुभयो ।
विशेषगरी साँझ–बिहानको समयमा सक्रिय हुने ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेको टोकाइबाट डेंगीको सङ्क्रमण फैलिने गर्छ
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच