काठमाडौं । बाइस महिला पत्रकारले महिलाका विविध पक्ष समेटेर तयार पारेको कृति ‘महिला आन्दोलनको सहखोजी’ सार्वजनिक गरिएको छ । दि स्टोरी किचेनद्वारा राजधानीमा आयोजित एक कार्यक्रमबीच उक्त पुस्तक सार्वजनिक गरिएको हो । कार्यक्रममा महिला आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले सो पुस्तकमा देशभरका भौगोलिक, सामाजिक, आर्थिक, राजनीतिक, विविध जाति, परम्परा, स्थितिमा रहेका महिलाबारे लेखिएको बताउनुभयो ।
पूर्वमन्त्री हिसिला यमीले महिलाले जन्म दिएपछि विविध कारणले एकल अवस्थामै पनि हुर्काउने, पढाउने गरेको सन्तानलाई बिनारोकटोक आफ्नो नाममा नागरिकता दिलाउन सकेको दिन महिला आन्दोलन सार्थक हुने बताउनुभयो ।
यस्तै, डा.मीना पौडेलले धेरै पहिले रेडियो सगरमाथा एफएमबाट ‘सहअस्तित्व’ कार्यक्रम सञ्चालन गर्नकै लागि गर्नुपरेको संघर्षका दिनको स्मरण गर्दै नेपाली महिलाको आर्थिक, सामाजिक, राजनीतिक अवस्थामा परिवर्तनका लागि महिला आन्दोलनले पुर्याएको योगदानले बिस्तारै नतिजा देखिन थालेको जिकिर गर्नुभयो ।
कार्यक्रममा अमृता अनमोल, उन्नति चौधरी, प्रकृति दाहाल, सीता विक, कैलाश राई, गगनशिला खड्का, चाँदनी आचार्य, दिलमाया शाही, निरासी थामी, मनिका विक, माधुरी महतोलगायतलाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो । पुस्तक प्रकाशन दि स्टोरी किचेन र त्रिभुवन विश्वविद्यालय, लैगिंक अध्ययन विभागको सहकार्यमा गरिएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच