काठमाडाैं । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले जनताको स्वास्थ्यमाथि खेलवाड नगर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले शुक्रवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सो निर्देशन दिनुभएको हो । मन्त्री अधिकारीले खाद्य स्वच्छता तथा गुणस्तरको विषय संघीय सरकारसँग जोडिएको विषय भएकाले यसमा स्थानीय तहले गर्ने काम मात्रै भर परेर नसक्ने पनि सम्बन्धित निकायलाई सचेत गराउनु भयो ।
खाद्य स्वच्छता र गुणस्तरको प्रश्नले मन्त्री, सचिव लगायत कृषि मन्त्रालयलाई गाँज्ने गरेको उल्लेख गर्दै उहाँले त्यसको चित्तबुझ्दो जवाफ दिनुपर्ने आवश्यकता पनि औंल्याउनु भयो । मन्त्री अधिकारीले खाद्य स्वच्छता तथा गुणस्तरी सम्बन्धि ऐन कार्यान्वयनमा केन्द्रित हुन पनि मातहतका सबै निकायको ध्यानाकर्षण गराउनु भयो ।
उहाँले भन्नुभयो, ‘जनताको स्वास्थ्यसँग खेलवाड गर्न त पाइएन नि । केही समस्या छन् भने मैले गर्नुपर्ने पहल हुन्छ । कहाँ जानुपर्ने म जान्छु । अघि सचिवजीले के भन्नुभयो भने तेलको, चाउचाउको काठमाडौं महानगरपालिकाले चेक ग¥यो भन्नुभयो । त्यो राम्रो कुरा हो । सबै पालिकाहरुले गर्नसक्ने त राम्रो कुरा हो । तर हेला सचिवज्यू, तपाई कुन मन्त्रालयको सचिव हो ? भनेर यदी भनिदियो भने यहाँ चेक गर्ने काम नगरपालिकाको हो कि ? यो सँग जति विश्वसनियता हुन्छ, अरुले ल्याएको सामानमा त्यति हुँदैन । त्यसकारण मलाई लाग्छ, तपाई मन्त्री हुनुभएको छ । तपाईले म पनि किसानको छोरो हुँ भन्नुहुन्थ्यो । अनि यहाँ हाम्रो हेर्ने कसले भनेर भन्यो भने अब जे छ, त्यही ठिक छ भन्ने कि । त्यसको जवाफ के हुनसक्छ ? त्यसका जवाफ दिनेगरी हामीले यहाँ बसेर काम गर्नुपर्छ । मेरो मान्यता के हो भने यस्ता प्रश्नको जवाफ दिन सक्नुप¥यो नि । काम गरे त हुन्थ्यो सबै पालिकाहरुले । तर जनताको विश्वसनियता कसमाथि होला । यसमा विचार गर्नुहोला । त्यो प्रश्न उठ्यो भने हामीप्रतिको विश्वसनियता गुम्न पनि सक्छ । यसतर्फ हामी सजग रहनुपर्छ भन्ने म जानकारी गराउन चाहन्छु । अब हामीसँग भर्खरै भोलिदेखि लागू हुनेगरी खाद्य स्वच्छता तथा गुणस्तर ऐन कार्यान्वयन चरणमा लैजाँदै छौं । अब यो ऐनलाई हामीले जनताको स्तरमा पु¥याउनका लागि र त्यही किसिमको सेवा दिनका लागि भूमिका कसको होला ? मलाई लाग्छ–यहाँ उपस्थित हुनुभएका राष्ट्र सेवक कर्मचारीहरुको हो नि । उहाँलाई प्रोत्साहित गरेर लैजानुपर्छ । उहाँहरुको वृद्धि विकासदेखि कुनैपनि ठाउँमा हामीले सहयोग पुर्याउन सक्यौँ भने जनतालाई विश्वास दिलाउन सकिन्छ भन्ने विश्वास म राख्न चाहन्छु ।’
मन्त्री अधिकारीले जनतामा विश्वास जगाउनेगरी परिणाममुखि काम गर्न मन्त्रालयका अधिकारीहरुले विशेष पहल गर्नुपर्ने बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच