काठमाडौं । एसइई परीक्षा २०८० मा बुढानीलकण्ठ नगरपालिकाभित्र पहिलो स्थान र काठमाडौं जिल्लामा तेस्रो स्थान प्राप्त गर्न सफल दीक्षालयले सफल विद्यार्थीहरूको सम्मान तथा बिदाइ कार्यक्रम सम्पन्न गरेको छ ।
बुनपाका मेयर मीठाराम अधिकारीले दीप प्रज्वलन गरी कार्यक्रमको आरम्भ गर्दै अब विद्यार्थीहरूलाई विदेश जाने वातावरण रोक्न नेपालमा नै उद्यमशीलता र उत्पादनशीलता वृद्धि गर्नुपर्ने विचार प्रकट गर्नुभएको थियो । कार्यक्रममा हिमालय टाइम्सका प्रधान–सम्पादक प्रा. पुरुषोत्तम दाहालले दीक्षालयले छोटो समयमा नै गरेको प्रगति सराहनीय भएको बताउनुहुँदै विद्यार्थीहरूले प्रमाणपत्रभन्दा पनि आफूलाई सीप, सूचना र ज्ञानमा प्रतिस्पर्धी बनाउनुपर्ने कुरामा जोड दिनुभएको थियो ।
विद्यालय सञ्चालक समितिका अध्यक्ष लब्जीबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा कार्यकारी निर्देशक चित्रकुमार दाहालले आगामी दिनमा आइटी क्षेत्रमा यसले विशेष दक्षता प्रवद्र्धन गर्ने र थप उदाहरणीय बनाउने लक्ष्य राखेको चर्चा गर्नुभएको थियो भने प्राचार्य दुर्गा दाहालले विद्यालयको विषयमा जानकारी दिँदै यसपटक तीसजनामा तीसैजनाले उच्चांक प्राप्त गरी उत्तीर्ण भएको जानकारीसमेत दिनुभएको थियो ।
अभिभावकका तर्फबाट राजु दाहालले दीक्षालय शिक्षक र शिक्षण शैलीमा समेत मोडल भएको विश्वास प्रकट गर्नुभएको थियो । विद्यालयबाट सबैभन्दा बढी अंक ल्याउने विद्यार्थी लाक्पा शेर्पाले विद्यालयमा उचित पठनपाठन र व्यवहारकै कारण विद्यार्थीहरू सफल भएको बताउनुभएको थियो । कार्यक्रममा विद्यार्थीहरूले गीत, संगीत, नृत्य प्रस्तुत गरेका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच