कालीकोट । कालीकोट जिल्लाको शुभकालीका गाउँपालिकाका ८ वटा वडाका करीब ४ सय ३२ जना बालबालिकालाई खाद्यान्न वितरण गरिएको छ ।
जोखिममा रहेका बालबालिका तथा उनका परिवारहरूलाई करिव १७ लाख बराबरकाे खाद्यान्न सामाग्री वितरण गरिएको हो ।
ग्रामिण विकास तथा पर्यावरण संरक्षण मञ्च (भिडिसेफ) नेपाल कालीकोट र सेभ द चिल्ड्रेनको साझेदारीमा सञ्चालन भएको सहयात्रा तेस्रो परियोजनामार्फत खाद्यान्न वितरण गरिएको भिडिसेफ नेपाल कालीकोटका अध्यक्ष कल्पना रावल (बोगटी) ले बताउनुभयो ।
बालबालिका सम्बन्धिको ऐन २०७५ को दफा ४८ अनुसार अति जोखिममा रहेका बालबालिका वडा बालअधिकार समितिको सिफारिसमा खाद्यान्न वितरण गरिएको अध्यक्ष रावलले हिमालय टाइम्सलाई बताउनुभयो ।
वडा बालअधिकार समितिको सिफारिसमा अति जोखिममा रहेका बालबालिका र उनका आफन्तलाई चामल, दाल, तेललगायतका खाद्यान्न सामाग्री वितरण गरिएको भिडिसेफ नेपाल कालिकोटका व्यवस्थापक राजेन्द्र सहकारीले जानकारी दिनुभयो ।
भिडिसेफ नेपालले कालीकोटका ग्रामीण क्षेत्रमा शिक्षा, स्वास्थ्य, जोखिममा रहेका बालबालिका र मानवअधिकारलगायत विभिन्न क्षेत्रमा काम गर्दै आइरहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच