सर्लाही । उपसचिव बासुदेव खनालले पनि सर्लाहीको हरिपूर्वा नगरपालिकामा सरुवा भएर आउन अस्वीकार गर्नुभएको छ ।
काठमाडौँको शङ्खरापुर नगरपालिकामा कार्यरत उपसचिव खनाललाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तीन साताअघि नै हरिपूर्वा नगरपालिकामा सरुवा गरेको थियो । आफू खनाललाई लिएर आउन भनी काठमाडौँमै रहेको तर उहाँले हरिपूर्वा जाँदै जान्न भन्नुभएको नगरप्रमुख विनोदकुमार साह तेलीले जानकारी दिनुभयो ।
नयाँ प्रमुख प्रशासकीय अधिकृत कोही पनि आउन नमान्दा समस्या भएको नगरप्रमुख साहको गुनासो छ । “खनाल जि त हरिपूर्वा जान्दै जान्न भन्नुहुन्छ, मन्त्रालयले अर्को कोही प्रमुख प्रशासकीय अधिकृत पनि दिन सकेको छैन्,” नगरप्रमुख साहले भन्नुभयो ।
मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत नपठाउँदा आफ्नो नगरपालिका अझै बन्धक नै बन्ने निश्चित रहेको नगरप्रमुख साहले बताउनुभएको छ । हरिपूर्वा नगरपालिकामा गएको असोज १८ गते हाजिर हुनुभएका उपसचिव शम्भुप्रसाद यादवलाई २४ घण्टामै फिर्ता बोलाइएको थियो ।
जनप्रतिनिधिबीच टकराब रहेको यस नगरपालिकामा कोही पनि उपसचिव प्रमुख प्रशासकीय अधिकृत भएर आउन मान्नु भएको छैन् । नगरपालिकाले यो वर्ष नगरसभा गर्न सकेको छैन् । नगरप्रमुख साहले प्रमुख प्रशासकीय अधिकृत भइदिए आफू आन्तरिक विवाद मिलाएर नगरसभा गर्न सक्षम रहेको बताउँदै आउनुभएको छ ।
नगरसभा नहुँदा शिक्षक, कर्मचारीको तलब, भत्ता र वृद्धवृद्धाको सामाजिक सुरक्षा भत्ता वितरण हुन सकेको छैन् । बजेट नहुँदा वडा तथा नगरपालिका कार्यालय सञ्चालन गर्नै समस्या हुन थालेको गुनासो कर्मचारीले गरेका छन् ।
अघिल्लो आर्थिक वर्ष २०७९/०८० मा असार अन्तिमतिर हाजिर हुन आउनुभएका उपसचिव निमेश मिश्र केही दिन बसेर तलब तथा सामाजिक सुरक्षा भत्ता निकासा हुनासाथ सरुवा गराएर जानुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच