काठमाडौं । ग्लोबल टी–२० क्यानडा लिग अन्तर्गत छैटौ खेलमासमेत नेपालका दुई राष्ट्रिय टिमका खेलाडी सहभागी भ्यानकुभर नाइट्स पराजित भएको छ। भ्यानकुभरमा नेपाली राष्ट्रिय टिमका अलराउण्डर दीपेन्द्रसिंह ऐरी र लेग स्पिन सन्दीप लामिछाने सहभागी हुनुहुन्छ । पाँचौ खेलमा सर्रे जगुअर्ससँग अंक बाँडेको भ्यानकुभर छैटौ खेल खेलिसक्दा जितबिहीन बनेको हो।
गएराति नेपाली राष्ट्रिय टिमका कप्तान रोहितकुमार पौडेल सहभागी टोरोन्टो नेसनल्ससँग भ्यानकुरभर १९ रनले पराजित भएको हो। टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको टोरोन्टोले पूरै २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १२७ रन बनाएको थियो। १२८ रनको लक्ष्य पछ्याएको भ्यानकुभर १८.५ ओभरमा १०८ रन बनाएर अलआउट भएको हो।
सुरुमा ब्याटिङ गरेको टोरोन्टोले नेपाली कप्तान रोहितलाई बेन्चमा राखेको थियो। उसका लागि रोस्टन चेसले सर्वाधिक २३ रन बनाउनु भएको थियो । टोरोन्टोलाई सस्तैमा समेट्न मोहमद अमिरले तीन विकेट हात पार्दा हर्ष ठाकर र ऋषिभ जोशीले समान एकएक विकेट लिनुभयो । नेपालका लेग स्पिन सन्दीप लामिछानेले पूरै ४ ओभर बलिङ गर्दा ३२ रन खर्चिएर एक विकेट हात पार्नुभयो भने अलराउण्डर दीपेन्द्रसिंह ऐरीले दुई ओभर बलिङ गर्दा विना विकेट १६ रन खर्चिनुभयो ।
१२८ रनको लक्ष्य पाएको भ्यानकुभरको ब्याटिङतर्फ नेपालका दीपेन्द्रले १२ बलको सामना गर्दै एक छक्काको मद्तमा १३ रन बनाउनुभयो । तीन बलको सामना गरेका सन्दीप भने शून्यमा आउट हुनुभयो। मध्यक्रमका रिची बेरिंगटनले अर्धशतक बनाए पनि भ्यानकुभरको पछिल्लोक्रम टिक्न नसक्दा छैटौ खेलमासमेत पराजित भएको हो।
भ्यानकुभरविरुद्ध आक्रामक बलिङ गरेका टोरोन्टोका रोमारियो शेफर्डले मात्र १७ रन खर्चिएर तीन विकेट हात पार्नुभयो। ६ वटा खेल खेल्दा एक अंक भएको भ्यानकुभर तालिकाको पुछारमा छ। रोहितको टिम टोरोन्टो भने ६ खेलमा तीन जितसहित दोस्रो स्थानमा छ। उसले सात अंक जोडेको छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच