काठमाडौं । चलचित्र ‘दयारानी’को टिजर सार्वजनिक भएको छ । सार्वजनिक टिजरमा चलचित्रका मुख्य कलाकार दयाहाङ राई र दीया पुनलाई श्रीमान श्रीमतीको भूमिकामा प्रस्तुत गरिएको छ । एक मिनेट ४६ सेकेण्ड लामो टिजरमा निःसन्तान दम्पतीको कथालाई प्रस्तुत गरिएको छ ।
बाँसुरी फिल्मस् र माओत्से फिल्मस्को ब्यानर रहेको यो चलचित्र यही माघ २६ गतेदेखि सिनेमाघरमा आउँदै छ । कलाकार माओत्सेले यसै चलचित्रबाट निर्देशनमा डेब्यु गर्नुभएको हो ।
चलचित्रमा दयाहाङ र दीयासहित विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङ, टीकाराम घले, शिरिषा कुँवर, नयन गुरुङ, सूर्य सुनार, राजेन्द्र थापा, सीतादेवी गुरुङ, क्रिष्टी गुरुङलगायतको अभिनय छ । मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बू र न्यू आइटी भेन्चरको सहकार्यमा निर्माण भएको चलचित्रमा शैलेन्द्रध्वज कार्कीको छायांकन छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच