जोहानेसबर्ग । चलचित्र ‘ब्ल्याक प्यान्थर’ की अभिनेत्री कोनी चियुमेको निधन भएको छ । ७२ वर्षको उमेरमा दक्षिण अफ्रिकी भेटरान नायिकाको निधन भएको उहाँको परिवारले जानकारी दिएको हो । थुप्रै अवार्ड चुम्नुभएकी चियुमे कयौं दक्षिण अफ्रिकी टेलिभिजन शोको हिस्सासमेत रहनुभएको थियो । यसमा ‘रिदम सिटी, जोन फोर्टिन, गोमोरा’ लगायत छन् ।
शिक्षिकासमेत रहनुभएकी उहाँ टेलिभिजन अभिनेत्रीका रूपमा चर्चित बन्नुभयो । मंगलबार साँझ जोहानेसबर्गको अस्पतालमा उहाँको निधन भएको परिवारद्वारा जारी संक्षिप्त विज्ञप्तिमा जनाइएकोे छ । सन् २०१८ मा रिलिज भएको ‘ब्ल्याक प्यान्थर’ चलचित्रमा उहाँ जावाभारीको भूमिकामा देखिनुभएको थियो । उहाँ वकान्डाको ट्राइबल काउन्सिलको सदस्य हुनुहुन्थ्यो ।
सन् २०२२ मा रिलिज भएको चलचित्रको दोस्रो संस्करणमा उहाँ फरेष्ट हृवाइटटेकरको स्थानमा जुरीको भूमिकामा देखिनुभएको थियो । उहाँले बियोन्सेको द लायन किंगमा आधारित ‘डिस्नी’ चलचित्रमा पनि अभिनय गर्नुभएको थियो । उहाँका दुई छोरा र दुई छोरी छन् । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच