आज विश्व दुध दिवस

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । आज विश्व दुध दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइँदैछ ।

राष्ट्रिय दुग्ध विकास बोर्डले आज सरोकारवाला निकायहरुको उपस्थितिमा विश्व दुध दिवसको अवसरमा कार्यक्रम गर्दैछ । यस वर्ष दीर्घ जीवन, गुणस्तरीय दुध तथा दुगध पदार्थको सेवन भन्ने मुल नारासहित विश्व दुध दिवस मनाइँदैछ ।

दुग्धपानको महत्व दर्साउन विश्वभर जुन १ तारिखलाई विश्व दूध दिवशको रुपमा मनाइदैँ आइरहेको छ । विश्व खाद्य संगठनले सन् २००१ बाट अन्तर्राष्ट्रिय दूध दिवस मनाउने निर्णय गरेकोमा नेपालले सन् २०११ बाट दिवस मनाउन थालेको हो ।

आम नागरिकलाई दुधको चेतना फैलाउने उद्देश्यले कार्यक्रम गर्न लागिएको हो ।

पोषक तत्वले भरिपूर्ण दुध स् क्याल्सियम, प्रोटिन, आयोडिन, पोटासियम, फस्फोरस, भिटामिन बि १२ जस्ता कैयौ पोषक तत्व दुधमा पाइन्छ, जुन हाम्रो शरीरको लागि नभईनहुने हुन्छन् ।

विभिन्न रिसर्चका अनुसार आमरुपमा हामीले हरेक दिन लगभग एक हजार देखि २ हजार एमजी क्याल्सियम लिने गर्दछौ । जसमा हामीले पिउने एक गिलास दुधमा लगभग २८५ एमजी क्याल्सियम हुने गर्दछ । नियमित रुपमा दुध पिउने गर्नाले यहि क्याल्सियमको करण हड्डी र दातलाई बलियो बनाउन सहयोग पुग्दछ । दुधको नियमित सेवनले उमेर बढ्दै जादा धेरै हदसम्म हड्डी सम्बन्धि समस्याबाट बच्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
बजेटमाथि विपक्षी : ‘बजेटले मध्यमवर्गलाई सहुलियत दिएर भुइँतहका नागरिकलाई बेवास्ता गर्‍यो’ चिनियाँ कम्पनीमाथि प्रतिबन्धको तयारीबारे इयुलाई बेइजिङको चेतावनी पाल्पाका एक वडाध्यक्षको पद गुम्यो रानीशैना गोठ आगलागी र लुटपाटको हल्ला निराधार, प्रहरीले भन्यो– घटना पुष्टि भएन प्रधानमन्त्री संसदभन्दा माथि होइनन्, उत्तरदायी बनाउनैपर्छः हर्कराज राई बुटवलका सुनचाँदी पसलमा चोरी : चोरी प्रयासमा संलग्न आठ जना पक्राउ आगामी आ.व.को बजेट अर्थतन्त्रको संरचनात्मक सुधारका लागि ‘एन्टीबायोटिक’: रास्वपा प्रतिनिधिसभामा आगामी आवको राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल सुरु प्रधानमन्त्रीको अभिव्यक्तिबारे स्पष्टीकरण चित्तबुझ्दो नभएको काँग्रेसको निष्कर्ष, तर बजेट छलफलमा सहभागी हुने ट्रेड युनियन खारेजविरुद्धको रिटमाथि जेठ २९ मा सुनुवाइ