आज विश्व दुध दिवस

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । आज विश्व दुध दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइँदैछ ।

राष्ट्रिय दुग्ध विकास बोर्डले आज सरोकारवाला निकायहरुको उपस्थितिमा विश्व दुध दिवसको अवसरमा कार्यक्रम गर्दैछ । यस वर्ष दीर्घ जीवन, गुणस्तरीय दुध तथा दुगध पदार्थको सेवन भन्ने मुल नारासहित विश्व दुध दिवस मनाइँदैछ ।

दुग्धपानको महत्व दर्साउन विश्वभर जुन १ तारिखलाई विश्व दूध दिवशको रुपमा मनाइदैँ आइरहेको छ । विश्व खाद्य संगठनले सन् २००१ बाट अन्तर्राष्ट्रिय दूध दिवस मनाउने निर्णय गरेकोमा नेपालले सन् २०११ बाट दिवस मनाउन थालेको हो ।

आम नागरिकलाई दुधको चेतना फैलाउने उद्देश्यले कार्यक्रम गर्न लागिएको हो ।

पोषक तत्वले भरिपूर्ण दुध स् क्याल्सियम, प्रोटिन, आयोडिन, पोटासियम, फस्फोरस, भिटामिन बि १२ जस्ता कैयौ पोषक तत्व दुधमा पाइन्छ, जुन हाम्रो शरीरको लागि नभईनहुने हुन्छन् ।

विभिन्न रिसर्चका अनुसार आमरुपमा हामीले हरेक दिन लगभग एक हजार देखि २ हजार एमजी क्याल्सियम लिने गर्दछौ । जसमा हामीले पिउने एक गिलास दुधमा लगभग २८५ एमजी क्याल्सियम हुने गर्दछ । नियमित रुपमा दुध पिउने गर्नाले यहि क्याल्सियमको करण हड्डी र दातलाई बलियो बनाउन सहयोग पुग्दछ । दुधको नियमित सेवनले उमेर बढ्दै जादा धेरै हदसम्म हड्डी सम्बन्धि समस्याबाट बच्न सकिन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?