गुल्मी । गुल्मीको धार्मिक, ऐतिहासिक तपोभूमी एवम् पर्यटकीय क्षेत्र रेसुङ्गामा श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ गरिने भएको छ । रेसुङ्गा संरक्षण समितिले यहि साउन २६ गतेदेखि ३२ गतेसम्म रेसुङ्गा धाममा श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ गर्न लागेको अध्यक्ष सुरेशचन्द्र भुसालले जानकारी दिनुभयो ।
धार्मिक पर्यटन वृद्धिका लागि महायज्ञको आयोजना गर्न लागिएको हो । एक हप्तासम्म सञ्चालन गरिने महायज्ञको पूर्व सन्ध्यामा साउन २५ गते तम्घासमा र्यालीसहित बजार परिक्रमा गरिने पत्रकार सम्मेलन मार्फत् अध्यक्ष भुसालले प्रमुख कथा वाचकका रुपमा मठ जोगिनी बाडा विकेनर राजस्थान भारतका योगी शम्भुनाथजी महाराज रहनुहुने बताउनुभयो ।
रेसुङ्गाको उजागरका लागि विभिन्न समयमा महायज्ञ सञ्चालन गरिएको भन्दै उहाँले बिशेष अनुष्ठानका माध्यम मार्फत् ज्ञानको उजागरका लागि सप्ताह ज्ञान महायज्ञ सञ्चालन गर्न लागिएको हो । समाजमा पछिल्लो समय आचरण बिग्रिएको अवस्थामा सकरात्मक सोंचको विकासका लागि महायज्ञले सहयोग पुर्याउने सचिव गोपाल पन्थीले बताउनुभयो ।
रेसुङ्गालाई अन्तर्राष्ट्रिय स्तरमा पहिचान र धार्मिक पर्यटन भित्र्याउन संरक्षण समिति निरन्तर लागेको छ । रेसुङ्गाको प्रचारप्रसारमा सहयोग गरी धार्मिक पर्यटन वृद्धिमा सहयोग पुर्याउन सहसचिव यज्ञप्रसाद शर्मा पन्थीले सबैलाई आग्रह गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच