भिडोल लुब्रिकेन्ट्सको डिलर मिट

Read Time = 2 mins

पोखरा । भिडोल लुब्रिकेन्ट्सले डिलर मिट आयोजना गरेको छ । पोखराको ग्रान्डी होटलमा सम्पन्न डिलर मिटमा देशभरिका २५ डिलर सहभागी रहेको बताइएको छ । कार्यक्रममा बिक्री रिपोर्टिङ र अन्य जानकारीका साथै विभिन्न खालका खेल, रिफ्रेसमेन्ट, अन्तरक्रिया र पुरस्कार पनि प्रदान गरिएको थियो । कम्पनीले आगामी वर्ष डिलरबाट एक हजार चार सय ९९ किलोलिटर बिक्री गर्ने लक्ष्य लिएको छ ।

कार्यक्रममा गत वर्ष बिक्रीका आधारमा विभिन्न डिलर पुरस्कृत भएका छन्, जसमा जगदम्बा बेरिङ सेन्टर विराटनगर प्रथम, सिर्जना अटो सर्भिस धरानले द्वितीय र शिखर लिंक ट्रेडिङ ललितपुरले तृतीय स्थान हासिल गरेका छन् ।

त्यस्तै सञ्जय अटो सेल्स धनगढीले बेस्ट न्यु कमर, शिखर लिंक ट्रेडिङ ललितपुरले बेस्ट टु हिृवलर सेल्स, बियन्सा सप्लायर्स हेटौंडाले बेस्ट थ्री हिृवलर सेल्स, शिखर लिंक ट्रेडिङ ललितपुरले बेस्ट पिसिएमओ सेगमेन्ट सेल्स, डिलाइट अटो पार्ट्स सप्लायर्स नारायणघाटले बेस्ट डिइओ सेगमेन्ट सेल्स, बियन्सा सप्लायर्स हेटौंडाले बेस्ट गियर ट्रान्समिसन सेल्स, जगदम्बा वेरिङ सेन्टर विराटनगरले बेस्ट एफइएम सेगमेन्ट सेल्स र शुभम पावर मल्ट्री ट्रेड कलंकीले बेस्ट इन्डिस्ट्रियल सेल्सको अवार्ड जितेको कम्पनीले जनाएको छ । कम्पनीले प्रदेश १ का इन्चार्ज सुशील ताम्राकारलाई बेस्ट इम्प्लोई अवार्ड प्रदान गरेको छ । नेपालमा भिडोल लुब्रिकेन्ट भिजी ल्युबले बिक्रीवितरण गर्दै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?