एजेन्सी । बंगलादेशको अन्तरिम सरकारको प्रमुखको रूपमा कार्यभार सम्हाल्नुभएका नोबेल पुरस्कार विजेता प्राडा.मुहम्मद युनुसले नयाँ सरकारले बंगलादेशलाई द्रुत गतिमा अगाडि बढाउने कुरा सुनिश्चित गर्ने बताउनुभएको छ । ढाका ट्रिब्युनका अनुसार बिहीबार हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा युनुसले आफूले शान्ति सुव्यवस्थालाई प्राथमिकतामा राखेको बताउनुभयो ।
उहाँले ‘क्रान्ति’लाई सम्भव बनाएका युवाहरूको प्रशंसा गर्नुभएको थियो । युवाहरूले देशलाई पुनर्जन्म दिएको उहाँको भनाइ थियो । ‘म देशवासीलाई ममाथि भरोसा गर्न, ममाथि विश्वास गर्न आग्रह गर्दछु’, उहाँले भन्नुभयो । उहाँलाई बिहीबार राति राष्ट्रपति मोहम्मद शाहबुद्दीनले शपथ ग्रहण गराउनुभएको छ ।
उहाँले देशलाई अराजकता र हिंसाबाट बचाउन अपिल गर्नुभएको छ । ‘यदि तपाईंहरूलाई ममाथि भरोसा र विश्वास छ भने देशमा कहीँ पनि हिंसा नहोस् भन्ने सुनिश्चित गर्नुपर्छ’, युनुसले भन्नुभयो, ‘म यसमा जोड दिन चाहन्छु कि देशलाई अराजकताबाट बचाउनुपर्छ । देशलाई हिंसाबाट बचाउनुपर्छ ताकि विद्यार्थीहरूले देखाएको बाटोमा देशलाई अगाडि लैजान सकियोस् ।’
बंगलादेश सुन्दर देश बन्नसक्ने सम्भावना भए पनि त्यसलाई नष्ट गरिएको उहाँले बताउनुभयो । ‘अब यसका लागि बिज तयार गर्नुपर्छ, फेरि उठ्नुपर्छ’ युनुसले भन्नुभयो, ‘युवाहरूले त्यो बिज तयार गर्नेछन् । हामी त्यसको अनुशरण गर्छौं र उनीहरूको निर्देशन अनुसार अगाडि बढ्छौं ।’
सम्बोधनका क्रममा युनुसले आन्दोलनका क्रममा मारिएका पहिलो विद्यार्थी अबु शयदलाई सम्झिनुभयो । गहभरी आँसु पार्दै उहाँले भन्नुभयो, ‘म अबु शयदलाई सम्झिरहेको छु, उहाँको तस्वीरले मेरो हृदयमा बसेको छ । पुलिसको गोलाबारीका अगाडि हात फैलाएर उभिने साहस उहाँले देखाउनुभयो । त्यसपछि कोही डराइएनन् ।’
विमानस्थलमा युनुसलाई आर्मी स्टाफ जनरल वाकर-उज-जमान, एयर चिफ मार्सल हसन महमुद खान र नौसेना प्रमुख एडमिरल एम नजमुल हसनले स्वागत गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच