काठमाडौं । चलचित्र ‘नमेटिने घाउ’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनमार्फत चलचित्रको मर्मस्पर्शी ट्रेलर सार्वजनिक गरिएको हो । दुई मिनेट २४ सेकेण्ड रनटाइमको ट्रेलरले चलचित्रको कथावस्तुबारे प्रकाश पार्छ ।
चलचित्रमा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, सांसदद्वय देवेन्द्र पौडेल र ज्ञानेन्द्र शाहीको अतिथि भूमिका छ । ट्रेलरमा एसिड आक्रमणको घटनाका पीडितको मर्मस्पर्शी दृश्य प्रस्तुत गरिएको छ । बदलाले प्रेरित भएर किशोरी तथा युवतीमाथि कसरी एसिड आक्रमण गरियो र मुलुकका विभिन्न भागमा भएका आक्रमणका घटनालाई यसमा दर्शाइएको छ ।
एसिड आक्रमणविरुद्ध पीडितले न्याय पाउनुपर्ने मागसहित भएका प्रदर्शन पनि देखाइएको छ । यी प्रदर्शनमा सहभागी भएर प्रधानमन्त्री ओली, पूर्वप्रधानमन्त्री नेपालसहितका नेताले दोषीलाई कठोर दण्ड दिने प्रतिबद्धता जनाएको दृश्य पनि यसमा छ । भदौ ७ गतेदेखि सिनेमाघरमा आउन लागेको चलचित्रलाई रमित ढुंगानाले निर्देशन तथा निर्माण गर्नुभएको हो ।
प्रहरी उपरीक्षकद्वय बाल नर्सिहं राणा र कुमुद ढुंगेल, प्रहरी निरीक्षक जेआर शर्मालगायतलाई चलचित्रमा देख्न सकिनेछ । एसिड सर्भाइभरहरूको वास्तविक जीवनीमा आधारित चलचित्रमा एसिड आक्रमणमा परेका ३३ जना पीडितहरूको कथालाई समेटिएको छ । चलचित्रमा शिवम् अधिकारीको कथा लेखेका छन् ।
चलचित्रमा मुस्कान खातुन, प्राप्ति पौडेल, इभा गिरी, कमल देवकोटा, सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभात पाल ठकुरी, आरती आचार्य, अखिल बजगाईं, अपेक्षा न्यौपाने, क्रान्ति शाह, वीरेन्द्र सिंह कुसुहा, लालना चिमोरिया, स्वस्तिमा कार्की, लिजा कोरानी, एलिसा गुरुङ, विशाल देवकोटा, आरजु अधिकारी, आरजु लेखकलगायतको अभिनय छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच