काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले बैंकिङ क्षेत्रमा बढ्दो ठगीका सम्बन्धमा सर्वसाधारण ग्राहकमाझ सचेतना जगाउन भिडियो सार्वजनिक गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले काठमाडौंमा आयोजित सातै प्रदेशका प्रदेश प्रमुख, क्लस्टर हेड, शाखा प्रबन्धकलगायत विभागीय प्रमुख एवं उच्च व्यवस्थापनको सहभागिता रहेको स्ट्र्याटेजिक ग्रोथ एण्ड अपरेसनल एक्सिलेन्स कन्फरेन्सबीच सो भिडियो सार्वजनिक गर्नुभएको हो ।
बढ्दो डिजिटलाइजेसनसँगै पछिल्ला केही वर्षहरूमा बैंकिङ क्षेत्रमा ठगीको संख्या बढ्दै गएको छ । विभिन्न बहानामा ग्राहकसँग पासवर्ड, ओटिपी, खाताको विवरण मागेर साथै ग्राहकलाई चिठ्ठा तथा अन्य बहुमूल्य सामान जित्नुभएको भन्दै प्रलोभनमा पारेर ठगी गर्ने गिरोहको सक्रियता बढिरहेकाले भिडियोबाट बढ्दै गरेका यस्ता गतिविधि न्यूनीकरण हुने र ग्राहकमा चेतना अभिवृद्धि हुने विश्वास बैंकले लिएको छ ।
स्ट्र्याटेजिक ग्रोथ एण्ड अपरेसनल एक्सिलेन्स कन्फरेन्स नामक देशभरका सातै प्रदेशका प्रदेश प्रमुख, क्लस्टर हेड, १९७ शाखाका शाखा प्रबन्धक, विभागीय प्रमुख तथा बैंकका उच्च व्यवस्थापनको समूह सम्मिलित भेलालाई सम्बोधन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत पोखरेलले सिटिजन्स बैंकलाई बैंकिङ क्षेत्रको अग्रणी बैंक बनाउन सबै कर्मचारीलाई उच्च मनोबलसाथ काममा शतप्रतिशत योगदान, नवीनतम् एवं नमुना सेवा सुविधा दिँदै अघि बढ्न आग्रह गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच