ताप्लेजुङ । अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ । खेल यही भदौ ३ गतेदेखि सुरु हुँदैछ । प्रतियोगितामा आठ टोली सहभागी हुने निश्चित भएसँगै आयोजकले खेल तालिका सार्वजनिक गरेको हो ।
आयोजक लाखेजात्रा सञ्चालन समितिले सार्वजनिक गरेको खेल तालिकाअनुसार चार-चार टोली रहेको दुई समूहबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘ए’ अन्तर्गत प्रिक्वाटर खेलमा स्थानीय संघर्ष स्पोर्टिङ युवा क्लब र कञ्चनजंघा फुटबल क्लब सिलिगुढी भारतबीच प्रतिस्पर्धा हुने भएको छ । यस्तै सोही समूहको अर्को बुटवल लुम्बिनी फुटबल क्लब रूपन्देही र सगरमाथा युथ क्लब मोरङबीच हुनेछ ।
यस्तै समूह ‘बी’अन्तर्गत पाँचथर फुटबल क्लब पाँचथर र सलहेश युवा क्लब सिरहाको प्रिक्वाटरमा स्पर्धा हुनेछ । ‘बी’ समूहकै अर्को खेल त्रिभुवन आर्मी फुटबल क्लब काठमाडौं र बिर्तामोड युनाइटेड फुटबल क्लब झापाबीच हुने आयोजकले जनाएको छ । लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष गुरुङका अनुसार प्रतियोगितामा एकजना फिफा रेफ्री, दुईजना राष्ट्रिय रेफ्रीसहित छजना रहनेछन् ।
यस वर्ष प्रतियोगिता विजेताले ट्रफी, मेडल, प्रमाणपत्रसहित पाँच लाख ५५५ रुपैयाँ राशिको नगद पुरस्कार पाउनेछ । त्यस्तै उपविजेताले दुई लाख ५० हजार ५५५ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ ।
यता, प्रतियोगिताको समय नजिकिएसँगै तयारी तीव्र रूपमा भइरहेको पनि समिति अध्यक्ष गुरुङले बताउनुभयो । उहाँका अनुसार बाँसको प्रयोग गरी अस्थायी प्याराफिट (दर्शकदीर्घा) निर्माणको कामलगायत तयारी धमाधम भइरहेको छ । प्रतियोगिता भदौ १० गते सम्पन्न हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच