✍️ भरतप्रसाद देवकोटा
युवा देशको मेरुदण्ड हुन् भविष्यका कर्णधार र वर्तमान समयको विकासको साझेदार हुन् । विकास एवं परिवर्तनको संवाहको शक्ति र सामर्थ पनि यिनै युवाहरूले बोकेका हुन्छन् । संयुक्त राष्ट्रसंघको आहृवानमा सन् १९९९ को अगस्ट १२ तारिखदेखि अन्तर्राष्ट्रिय युवा दिवस विश्वभर मनाउन थालिएको थियो । नेपालमा भने सन् २००४ देखि अन्तर्राष्ट्रिय युवा दिवस मनाउन थालिएको हो ।
युवाहरू स्वभावले ऊर्जाशील सकारात्मक र परिवर्तनका उत्प्रेरक र परिवर्तनका संवाहक शासन प्रणालीको यो वित्तीय अन्तरसम्बन्धको प्रभावकारिता वृद्धि गर्न स्थानीय तहको बजेट र योजना निर्माणमा सहभागिता वृद्धि जनमुखी बजेट र योजनाको निर्माण गर्न सार्वजनिक वित्त व्यवस्थापनमा पारदर्शिता र प्रभावकारिता अभिवृद्धि गर्न संघीय सुशासनका आयामहरूमा पारदर्शी बनाउन तथा आर्थिक सुशासन अभिवृद्धि गर्न युवाहरूको भूमिका सदा सर्वदा अपरिहार्य रहने गर्दछ ।
युवा जनशक्ति संसारको सबै देशहरूको आर्थिक सामाजिक र राजनीतिक रूपान्तरण गर्न सम्भव हुन् भन्ने कुरा नेपालका राजनीतिज्ञले पनि त्यसै अनुरूप बुझ्न जरुरी छ । सामाजिक र राजनीतिक रूपान्तरणसमेत गर्ने युवा जमातलाई एकताबद्ध गराई देशको विकासलगायत अन्य काममा युवा शक्तिलाई परिचालन गर्न सक्नुपर्दछ । नेपालको संविधान २०७२ ले राज्यको निर्देशन सिद्धान्त रणनीति अन्तर्गतको धारा ३५ (२०) मा राज्यका नीतिहरूमा युवा जनशक्तिलाई देश विकास कार्यमा परिचालन गर्न विशेष नीति अवलम्बन गर्ने व्यवस्था गरेको छ । उक्त नीति व्यवहारमा उतारेर युवाहरूले गरिरहेका हरेक क्षेत्रमा राज्यको ध्यान पुग्नुपर्दछ ।
युवा समय भनेको जोस जागर र सिर्जना र रचनात्मक कार्यमार्फत समाज र त्यसका लागि योगदान दिनसक्ने समय हो । तर, नेपालमा भने युवा मैत्री व्यवस्था अझै बन्न सकिरहेको छैन । युवाहरू भनेको नवरत्न संसार हुन् यिनीहरूको विकास भनेकै राष्ट्रको विकास हो । आजका युवा भोलिका कर्णधार हुने हुँदा युवामा गरिएको लगानीको दीर्घकालमा फाइदा पुगे देश विकास हुन जान्छ । गरिबी बेरोजगारी असमानता विभेद कुपोषण भोक र अभाव हट्न गई अमन चैन कायम हुन जान्छ । सुशासन पुग्दछ नागरिक खुसी र सुखी हुन पुग्छन् । वास्तवमा संसारका मान्छेले चाहेको पनि यही हो ।
गाउँहरूमा आजभोलि पहिले जस्तो युवाहरूको संख्या बाक्लो देख्न पाइँदैन । हाम्रो देशका युवाहरू गएका दशकदेखि रोजगारी र अध्ययनका लागि सम्भावनाको खोजी गर्दै विदेश जाने क्रम झन् झन् बढेको छ । संसारले युवाको महत्व बुझेर ठूलठूला कार्य विकासका लहरहरू युवाबाट लिरहँदा नेपालले आफ्ना युवा शक्तिलाई देशभित्रका विभिन्न सम्भावनायुक्त क्षेत्रमा अझै अटाउन सकिरहेको छैन ।
हाम्रा युवाहरू कतार, मलेसिया, कोरिया र जापानलगायत अन्य मुलुकमा पसिना बगाइरहँदा यता गाउँमा मलामीसम्मको जनशक्ति हम्मेहम्मेका समाचार आइरहन्छन् । वैदेशिक रोजगारीबाट आएका रेमिटेन्सले त्यसलाई आर्थिक लाभ दिइरहेको नै छ । युवा दिवस आयो तर युवाका दिन आएनन् अझै आएको छैन । युवाका विभिन्न अधिकार सही रूपमा सम्बोधन गरी राष्ट्रिय विकासमा मूल प्रवाहीकरण गर्नेतर्फ राष्ट्रका नीति तथा कार्यक्रमबाट निर्देशित हुनुपर्दछ ।
राष्ट्र निर्माणमा युवाको सिर्जनशील, शीपयुक्त उद्यमी र जिम्मेवारी नागरिकको रूपमा विकास हुने अवसर राज्यले सिर्जना गर्नुपर्दछ । राष्ट्रिय युवा नीति २०६६ र युथ भिजन २०२५ र राष्ट्रिय युवा परिषद् गठन भई युवाका विषयमा केन्द्रित भई कार्य गर्नेगरी सबैले तदनुरूप बने पनि युवा परिषद् थप जिम्मेवारी हुनुपर्दछ । आर्थिक रूपमा क्रियाशील युवा विदेशिनुको कारण धेरै हुन सक्छन् । त्यसमध्ये बेरोजगारी समस्या युवा विदेशीनुको मुख्य कारण हो । नेपालको शैक्षिक प्रणाली अझै पनि परम्परागत एवं अव्यावहारिक रहेकाले जीवन उपयोगी ज्ञान सीप र दक्षताको अभाव छ । सोही कारण अधिकांश युवा स्वरोजगार बन्न सकेका छैनन् युवा स्वरोजगार बन्न नसक्दा विदेशिन बाध्य छन् । अहिलेको शिक्षा प्रणाली वैज्ञानिक हुनुपर्दछ । आत्मनिर्भर बन्ने जनशक्ति उत्पादन हुनुपर्दछ । त्यसकारण वर्तमान पाठ्यक्रम बदलेर सीपमूलक र व्यावहारिक बनाउने तर्फ लाग्ने हो भने अहिले विदेशिन हतार मान्ने युवा नेपालमै बसेर केही गर्न सकिन्छ भन्ने सोच जागृत हुने थियो ।
नेपालमा फेरिरहने सरकारले युवाको जीवनस्तर फेर्नेतिर ध्यान पुर्याएका होलान् कि नहोलान् आर्थिक वर्ष २०८०/८१ मा सात लाखभन्दा बढी नेपाली विदेश गएका छन् । युवा जनसंख्याको ठूलो हिस्सा हुनुलाई देशको सामर्थ एउटा बलियो पक्ष मान्न सकिन्छ । जीवनको सबैभन्दा ऊर्जाशील समय भए पनि नेपाली युवाहरूको सबैभन्दा ठूलो समस्या बेरोजगारी तथा अर्ध बेरोजगारी भएको छ । नेपाली युवाहरूमा सकारात्मक सोचको विकास गराउने आफ्नो देशभित्रै सम्भावना देखाउने आफ्नै देशको सम्भाव्यताको क्षेत्रभित्र रहेर युवाको आर्थिक समृद्धि र विकासको लक्ष्य राखी देशव्यापी रूपमा युवालाई उद्यमशीलताको मार्गदर्शन गराउन परामर्श तथा उद्यमशील, विकास र वित्तीय साक्षरताको आधारभूत तालिम युवालाई उद्यमका लागि सक्षम बनाउन सरकारले विशेष ठोस पहल चाल्नुपर्दछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच