वासिङ्टन । ओलम्पिक झण्डा अमेरिकाको लस एन्जलस पुर्याइएको छ । २०२८ ग्रीष्मकालीन ओलम्पिक लस एन्जलसमा आयोजना हुने भएकाले पेरिस ओलम्पिक २०२४ को समापनपछि झण्डा त्यहाँ पुुर्याइएको हो । सन् १९३२ र १९८४ मा समेत ओलम्पिक आयोजना गरिसकेको लस एन्जलसमा तेस्रोपटक आधुनिक ओलम्पिक खेल आयोजना हुँदैछ ।
झण्डा अमेरिकी खेलाडी र अधिकारीहरू बोकेको डेल्टा एयरलाइन्सको जेटमार्फत् लस एन्जलस पुुर्याइएको हो । उक्त विमानमा लस एन्जलसका मेयर करेन वास पनि सवार हुनुहुन्थ्यो ।
उक्त विमानमा एलए ट्वान्टिएटसहित खजुरको रूखको चित्र पेन्ट गरिएको थियो । विमान लस एन्जलस अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि हिप-हप लिजेन्ड टुपाक शकुरले आफ्नो प्रस्तुतिमार्फत् अमेरिकी टिम र ओलम्पिक झण्डालाई स्वागत गर्नुभएको थियो ।
मेयर वासले पेरिसमा ओलम्पिक झण्डा आफूलाई हस्तान्तरण हुँदा अत्यन्त गर्व र जिम्मेवारी महसुस भएको बताउनुभयो । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले २०१७ मा लस एन्जलसलाई ओलम्पिक २०२८ आयोजना गर्न आधिकारिक अधिकार प्रदान गरेको थियो । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच