कोलम्बो । श्रीलंकाले इंग्ल्याण्डविरुद्ध हुने तीन टेस्ट शृंखलाका लागि इंग्ल्याण्डका पूर्वब्याटर इयान बेललाई ब्याटिङ प्रशिक्षकमा नियुक्त गरेको छ । इंग्ल्याण्डका लागि ११८ टेस्ट खेल्नुभएका ४२ वर्षे बेललाई अनुभवका आधारमा लिइएको श्रीलंका क्रिकेटले जनाएको छ । श्रीलंका र इंग्ल्याण्डबीचको पहिलो टेस्ट अर्को बुधबारदेखि म्यानचेस्टरमा हुनेछ । बाँकी दुई टेस्ट लर्डस र ओभलमा हुनेछ ।
श्रीलंका जुनमा अमेरिका र वेस्ट इण्डिजमा भएको ट्वान्टी-२० विश्वकपमा समूह चरणबाट बाहिरिएपछि प्रमुख प्रशिक्षक क्रिस सिल्भरउडले राजीनामा दिनुभएको थियो । उहाँको स्थानमा श्रीलंकाका पूर्वकप्तान सनथ जयसूर्यालाई ल्याइएको थियो । भारतविरुद्धको ट्वान्टी-२० र एकदिवसीय शृंखलामा ५५ वर्षे जयसूर्याले श्रीलंकाको टोलीलाई प्रशिक्षण दिनुभएको थियो । ट्वान्टी-२० अन्तर्राष्ट्रियमा पराजित श्रीलंकाले भारतलाई एकदिवसीय अन्तर्राष्ट्रियमा पराजित गरेको थियो । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच