काठमाडौं । इलेक्ट्रोनिक सामानको प्रमुख ई-कमर्श प्लेटफर्मका रूपमा ईसगुन डटकमले आफ्नो सेवा सुरु गरेको छ । नेपाली उपभोक्तालाई मध्यनजर गर्दै विभिन्न शीर्ष ब्राण्डको उच्च गुणस्तरीय इलेक्ट्रोनिक सामान उपलब्ध गराउने लक्ष्यसहित ईसगुन सुरु भएको कम्पनीले जनाएको छ । सेवा सुरु भएको औपचारिक घोषणा गर्दै कम्पनीले इलेक्ट्रोनिक्स सामग्रीमा नवीनतम् प्रविधि खोजी गर्ने प्रविधिप्रेमीको विश्वसनीय गन्तव्य बन्ने विश्वास व्यक्त गरेको छ ।
ईसगुनमा इयरबड्स, स्मार्ट वाच, स्मार्ट फोनको कभर, चार्जर, लाइभ भिडियो सुटलगायत इलेक्ट्रोनिक्स उपकरण उपलब्ध हुनेछन् । कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजेश बाडेले भन्नुभयो, ‘नेपालको ई-कमर्श क्षेत्रमा ईसगुनले आज एक महत्वपूर्ण कोशेढुंगा पार गरेको सूचना प्रवाह गर्न पाउँदा हामी एकदमै उत्साहित छौँ ।
नेपालमा इलेक्ट्रोनिक्स सामग्री तथा तिनका एक्सेसरिजको अनलाइन किनमेल अनुभव परिष्कृत गर्न कम्पनी तयार छ । असाधारण सुविधा र गुणस्तर प्रदान गर्ने उद्देश्यसहित यस प्लेटफर्मको सुरुवातले बजारमा ठूलो प्रभाव पार्ने कुरामा हामी निश्चिन्त छौँ ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच