काठमाडौं । निओ मनि ट्रान्सफर र बेलायतको मनिटु लिमिटेडबीच रेमिट्यान्स भुक्तानीका लागि सहकार्य भएको छ । सहकार्यसँगै अबदेखि बेलायतमा रहेका नेपालीहरूले सुरक्षित र सहज रूपमा पैसा पठाउन सक्ने कम्पनीले जनाएको छ । निओ मनि ट्रान्सफर पछिल्लो समय नेपालमा स्थापित एउटा छिटो, भरपर्दो र सुरक्षित मनि ट्रान्सफर कम्पनी हो ।
वैदेशिक रोजगारीका साथै उच्च शिक्षाको खोजीमा रहेका नेपालीहरूको रोजाइको गन्तव्यमा बेलायत आकर्षक गन्तव्य हो । कम्पनीका अनुसार हाल बेलायतमा एक लाख ५० हजारभन्दा बढी नेपालीहरू आफ्ना परिवारका लागि कामका साथै उच्च शिक्षा हासिल गर्ने क्रममा बसोबास गरिरहेका छन् । बेलायतमा रहेका नेपालीहरूले अब मनिटुको वेबसाइट पोर्टल र मोबाइल एप्लिकेसनबाट छिटो र प्रभावकारी रूपमा नेपालमा पैसा पठाउन सक्नेछन् ।
बैंक तथा वालेट भुक्तानी कारोबारहरू निओ मनि ट्रान्सफरको आधुनिक प्रविधिबाट तुरुन्तै सेवाग्राहीको खातामा भुक्तानी हुनेछ । साथै नगदमा पठाइएको कारोबार पनि निओ मनि ट्रान्सफरका नेपालभर रहेका १५ हजारभन्दा धेरै शाखाबाट सजिलै प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
निओ मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत सागर खनालले भन्नुभयो, ‘हामी अब मनिटुसँग नयाँ साझेदारी घोषणा गर्न पाउँदा निकै उत्साहित छौँ, मलाई आशा छ, सबैभन्दा कम शुल्क र प्रतिस्पर्धी दरमा कष्ट अफ मुभिङ फण्ड घटाउने हाम्रो दृष्टिकोणलाई यस सहकार्यले समर्थन गर्दै आफ्ना प्रियजनलाई सहयोग गर्न विदेशिएका नेपाली प्रवासीहरूको भावना कदर गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच