सरोज निरौला/हिटा
उदयपुर । उदयपुरमा राहदानी बनाउने महिलाको संख्या बढेको छ । जिल्ला प्रशासन कार्यालय उदयपुरका अनुसार अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष ०८९/८१ मा राहदानी बनाउने महिलाको संख्या झण्डै एक हजारले बढेको हो ।
अघिल्लो वर्ष जम्मा राहदानी बनाउने लाभग्राहीको संख्या १० हजार ६४ थियो । जसमा पुरुष राहदानी बाहक सात हजार ३५८ हुँदा महिलाको संख्या दुई हजार ६०६ जना थियो । सो वर्ष राहदानी बनाएबापत प्रशासन कार्यालयले पाँच करोड ६७ लाख पाँच हजार पाँच सय रुपैयाँ आम्दानी गरेको लेखापाल भोजराज तिम्सिनाले बताउनुभयो ।
आर्थिक वर्ष ०७९/८० मा राहदानी बनाउने महिलाको संख्या दुई हजार ६०६ जना थियो भने ०८०/८१ मा तीन हजार ५६५ जनाले राहदानी बनाएका छन् । अघिल्लो वर्षको दाँजोमा पछिल्लो वर्ष ९५९ जना बढी महिलाले राहदानी बनाएका हुन् ।
सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद रेग्मीले पछिल्लो समय महिला राहदानी बाहक बढ्दै गएको बताउनुभयो । खासगरी अध्ययनका लागि विदेश जाने युवायुवतीको संख्यामा वृद्धि हुँदै गएपछि राहदानी बनाउन पुरुषसँगै महिला पनि उत्तिकै आउने गरेका छन् । वैदेशिक रोजगारीमा जानका लागि राहदानी बनाउने महिलाहरू पनि बढ्दो क्रममा रहेको सहायक सिडिओ रेग्मीले बताउनुभयो ।
कक्षा १२ उत्तीर्ण गरेलगत्तै उच्च शिक्षा अध्ययनका नाममा विदेशिन चाहने युवायुवती राहदानी बनाउन आउने गरेको उहाँले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच