बैंकहरूले निक्षेपको ब्याजदर घटाए

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । वाणिज्य बैंकहरूले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । नेपाल बैंकर्स संघको निर्णयअनुसार आगामी साउन महिनाका लागि वाणिज्य बैंकहरूले आ-आफ्नो अनुकूल ब्याजर निर्धारण गरेका छन् । केही बैंकले ब्याजदर बढाएका छन् भने केहीले घटाएका छन् ।

साउनका लागि बैंकहरूले औसत ब्याजदर ९.७२ प्रतिशत कायम गरेका छन् । धेरैजसो वाणिज्य बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् भने केहीले असारकै ब्याजदरलाई निरन्तरता दिएका छन् । मुद्दती निक्षेपतर्फ सिद्धार्थ बैंक, राष्ट्रिय वाणिज्य बैंक, सानिमा बैंक, कुमारी बैंक, कृषि विकास बैंक र प्रभु बैंकले ब्याजदर घटाएका छन् । जसअनुसार सिद्धार्थले व्यक्तिगततर्फ अधिकतम ९.५ प्रतिशत र संस्थागततर्फ ७.५ प्रतिशत ब्याजदर कायम गरेको छ ।

बैंकहरूले आइतबार प्रकाशित गरेको ब्याजदरअनुसार सबैभन्दा धेरै एनएमबी बैंकको छ । एनएमबीले मुद्दती निक्षेपमा १०.९८ प्रतिशतसम्म ब्याजदर दिने भएको हो । तथापि उक्त दर १० वर्षभन्दा माथि अवधिको मुद्दती निक्षेपमा मात्रै लागू हुनेछ । सो अवधिभन्दा तलको निक्षेपमा भने बैंकले ९.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

साउन महिनाका लागि बैंकहरूले औसत ब्याजदर ९.७२ प्रतिशत कायम गरेका छन् । धेरैजसो वाणिज्य बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् भने केहीले असारकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।

प्राइम कमर्सियल बैंकले अधिकतम १०.९३ प्रतिशत ब्याजदर दिने भएको छ । तेस्रो स्थानमा रहेको नबिल बैंकले भने १०.४९ प्रतिशत ब्याजदर तोकेको छ । तर, सबैभन्दा कम स्ट्याण्डर्ड चार्टर्डले ८.९५ प्रतिशत ब्याजदर तोकेको छ भने कुमारी बैंकले १०.०१ प्रतिशत तोकेको छ । हिमालयन बैंक, ग्लोबल आइएमई बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, सिटिजन्स बैंक, लक्ष्मी सनराइज बैंकले मुद्दती निक्षेपमा एउटै ब्याजदर अर्थात् ९.९९ प्रतिशत तोकेका छन् । कृषि विकास बैंकले ९.५१, सिद्धार्थ बैंकले ९.५०, प्रभुले ९.५० र एभरेष्ट बैंकले १० प्रतिशत ब्याजदर निर्धारण गरेका छन् । सानिमा बैंकले मुद्दती निक्षेपको ब्याजदर ९.२५, नेपाल एसबिआईको ९.१०, माछापुच्छ्रे नौ, राष्ट्रिय वाणिज्य बैंक ८.९९, नेपाल बैंकले ८.९९ प्रतिशत ब्याजदर तोकेका छन् । वाणिज्य बैंकहरूको नयाँ ब्याजदर सकारात्मक भए पनि प्रतिक्रिया आउन बाँकी रहेको राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले बताउनुभएको छ ।

नयाँ ब्याजदरको प्रभाव कस्तो पर्छ । यसमा भर पर्ने उहाँको भनाइ छ । पछिल्लो समय बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएको छ । नयाँ ब्याजदरले कर्जा प्रवाहमा फाइदा हुने उहाँले बताउनुभयो ।

बैंकहरूमा अधिक तरलता भएपछि नयाँ ब्याजदरमा नै राष्ट्र बैंकमा पैसा राख्न बैंक इच्छुक भएका थिए । हाल कर्जा प्रवाह नभए पनि ऋण आकर्षण गर्ने नयाँ ब्याजदर तोकेको बैंकमाथि निजी व्यवसायीले आरोपसमेत लगाएका छन् । राष्ट्र बैंकले २० अर्ब तान्न खोज्दा बैंकहरूले ५३ अर्ब रुपैयाँ जम्मा गर्न आवेदन दिएका थिए । रिपोमा बैंकहरूले ५३ अर्ब ५० करोड रुपैयाँका लागि आवेदन दिएका हुन् ।

रिपोमा औसत ब्याजदर नै २.५४०९ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ । केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमै उक्त कुरा उल्लेख गरेको छ । अहिले एक बैंकले अर्को बैंकसँग लिने सापटी अर्थात् अन्तरबैंक सापटीको ब्याजदर एक प्रतिशतमा झरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?